सुकुना माविबाट एसईईमा ६२६ विद्यार्थी सहभागी हुँदै

0
32

बिराटनगर,

मोरङको सुन्दरहरैंचा – १० मा रहेको सुकुना माध्यमिक विद्यालयबाट यस बर्षको एसईईमा ६२६ विद्यार्थी सहभागी हुँदै छन्। सुकुना माविका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतका अनुसारभोली देखि संचालन हुने एसईईमा परीक्षामा ६२६ जना विद्यार्थीहरूसामेल हुने बताए।

प्रधानाध्यापक बस्नेतले कोशी प्रदेशकै एउटै विद्यालयबाट सबै भन्दा बढी परीक्षार्थी रहेको यस विद्यालयका तर्फबाट सबै विद्यार्थीहरूको सफलताको शुभकामना व्यक्त गर्दै अनुशासन र मर्यादा सुकुना माविको संस्कार भएको बताए।

यसको पालना गरेर उदाहरणीय भूमिका सहित जिम्मेवार नागरिक बन्ने अभ्यासमा विद्यार्थीहरुले यो भावनाको बोध गरेर जीवनयात्रा निरन्तर अगाडी बढ़ने बिश्वास समेत गरेका छन्।

नेपाल सरकारबाट मान्यता प्राप्त नमूना विद्यालयअन्तर्गत पर्ने यस शैक्षिक संस्थामा कक्षा १२ सम्म पढाइ हुने गरेको छ भने हाल ४ हजार ५ सय जना विद्यार्थी अध्यानरत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here