पथरीशनिश्चरे।
नगरको नियमन क्षेत्राधिकार भित्र सहकारी संस्थाहरूका लागि वार्षिक योजना तथा बजेट तर्जुमा सम्वन्धी तालिमको उद्घाटन भएको छ ।
आज शुक्रबार पथरी शनिश्चरे नगरपालिका सहकारी शाखाको आयोजनामा सुरु भएको सो तालिमको उद्घाटन नगर प्रमुख मोहन प्रसाद तुम्वापोले गर्नुभएको हो ।
दुई दिनसम्म सञ्चालन हुने सो तालिम नगर भित्र रहेका सहकारी संचालक र कर्मचारीहरुका लागि विशेष आयोजना गरिएको सहकारी शाखा प्रमुख केशवदेवी धमलाले जानकारी गराउनुभयो ।
कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष एवं आर्थिक विकास समितिका संयोजक उद्धवराज बस्नेत, तालिमको प्रशिक्षक जिल्ला वचत संघ मोरङका कार्यक्रम अधिकृत रामकुमार दाहालले सहकारीका विषयमा कुराहरु राख्नुभएको थियो ।