झापा।
अवैध सामान लिएर भारतबाट आउँदै गरेको कारसहित कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मेचीनगर नगरपालिका वडा नं. ६ कालीखोला हुँदैं भारतबाट नेपालतर्फ आउँदैं गरेको डब्लुबी ७४ एस २१५२ नम्बरको भारतीय कार र चालकलाई चेकजाँच गर्ने क्रममा कारको सिटमुनि फल्स बटम बनाई अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको गाडीको मोविल तथा मोटर पार्टसहरु फेला परेको थियो ।
अन्दाजी रु १ लाख १५ हजार ५८२ बराबरको सामान र अन्दाजी ८ लाख बराबरको कारसहित कार चालक भारत पश्चिम बंगाल दार्जिलिङ खोरीबारी थाना भतासी प्रेमाजोत बस्ने ३४ वर्षीय अमित सिंहलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।