नोभा फाउण्डेशनको आयोजनामा कनकाईमा लोकसेवा आयोगको तयारी कक्षा शुरु

0
120

बिर्तामोड ।

झापाको कनकाई नगरपालिकामा लोकसेवा आयोगको तयारी कक्षा शुरु भएको छ ।

कनकााई नगरपालिकाको आर्थिक सहयोगर नोभा फाउण्डेशन प्रालि बिर्तामोडको आयोजनामा लोक सेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा शुरु भएको हो ।

तयारी कक्षाको कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीले एक कार्यक्रमका बीच उद्घाटन गरेकी हुन् । कनकाई नगरपालिकाले शिक्षाको क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको र सरकारी सेवाका क्षेत्रमा जागिर खाने सोच बनाई रहेका युवाहरुलाई लक्षित गरेर नगरपालिकाले लोक सेवा तथा शिक्षा सेवा आयोगको तयारी कक्षा शुरु गरेकोकार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी शिवाकोटीले बताए ।

 

उनले भौतिक विकासलाई मात्र विकास मन्न नहुने भन्दै शैक्षिक विकास पनि एक महत्वपूर्ण भएको उल्लेख गरिन् । उपप्रमुख शिवाकोटीले नगरको आर्थिक सहयोगका सञ्चालन हुने तयारी कक्षामा नोभा फाउण्डेशनको मेनहतलाई खेर नफाल्न सहभागिहरुलाई आग्रह गरिन् ।

नोभा फाउण्डेशनका प्रबन्ध निर्देशक प्रकाश पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेको विशिष्ट आतिथ्य रहेको थियो ।

कार्यक्रममा कनकाई नगरपालिका–३ का वडाध्यक्ष युवराज चौलागाई, कार्यपालिका सदस्य कृष्णमाया भुजेल, कनकाई क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रकाश चुडाल, कनकाई क्याम्पसका कार्यबहाक क्याम्पस प्रमुख विकास उप्रेती, कनकाई नगरपालिकाका लेखा प्रमुख क्षेत्रनाथ शर्मा, योजना शाखाका प्रमुख जमुना कट्वाल लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चाला नोभा फाउण्डेशनकी प्रशासनिक अधिकृत अनिसा खनालले गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत न्यौपाने र लेखा प्रमुख शर्माले लोक सेवा आयोगको तयारी र निजामति सेवाका आफ्नाा अनुभवहरु बताएका थिए । उनीहरुले सभागिहरुलाई नगरले गरेको सहयोगलाई आत्मसाथ गर्दै तयारी कक्षामा लाग्न सबैलाई आग्रह गरे ।

कार्यक्रमका अध्यक्ष एवम् नोभा फाउण्डेशनका प्रबन्ध निर्देशक पराजुलीले कनकाई नगरपालिकले शिक्षा क्षेत्रका गरेको सहयोगको प्रशंसा गर्दै नगरपालिका तथा कनकाई क्याम्पस परिवारलाई धन्यवाद दिएका थिए । निजामति सेवामा आकर्षण बढाउनुका साथै शिक्षा प्रति युवालाई उत्प्रेरित गर्न पनि नगरपालिकाले तयारी कक्षाहरु सञ्चालन गरिरहेको बताइएको छ । तयारी कक्षामा ५० जनाभन्दा धेरैले सहभागिता जनाइरहेका छन् ।

सोही अवसरमा गत वर्ष कनकाई नगरपालिकाको आर्थिक सहयोगमा नोभा फाण्डेशनले सञ्चालन गरेको तयारी कक्षामा सहभागि भएर परीक्षा दिएर निजामति सेवामा नाम निकाल्न सफल शुभम् उप्रेती र चेतन आर्चायलाई सम्मान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here