‘द लिटल प्रिन्स एण्ड प्रिन्सेस’को उपाधि स्वपनीका,हिमाद्री, प्रभना र आरध्यलाई

0
68

बिर्तामोड ।

बालबालिकाको क्षमता विकास र अभिवृद्धि गर्दै उनीहरुको प्रतिभा उजागर गर्ने उद्धेश्यले झापाको बिर्तामोडमा ‘द लिटल प्रिन्स एण्ड प्रिन्सेस–२०२५’ च्याप्टर–२ सम्पन्न भएको छ ।

स्वपनीका बुढाथोकी

ग्लार्मस नेपालको आयोजनामा भएको प्रतियोगितामा द लिटल प्रिन्स एण्ड प्रिन्सेसको सिनियर तर्फ स्वपनीका बुढाथोकीले उपाधि हात पारेकी छन् भने सिनियर तर्फको फष्ट रनरअप प्रियङ्का संग्रौला र सेकेण्ड रनरअपको उपाधि आशिका दाहाल र सितल राईले हात पारेका छन् ।

स्वपनीका,हिमाद्री

त्यस्तै जुनियर तर्फको उपाधि हिमाद्री शिवाकोटीले जितेकी छन् । प्रतियाोगितामा निशेषमा लिम्बू फष्ट रन रअप भइन भने आरध्या बाँस्कोटा र कृष्टल लिम्बू सेकेण्ड रन रअप घोषित भए ।

प्रतियोगितामा प्रि–जुनियर तर्फ प्रभना बस्नेतले उपाधि हात पाारिन् । प्राप्ति लिम्बू फष्ट रनरअप भइन भने आइना लिम्बू र अन्सु मगर सेकेण्ड रनरअप भइन् । प्रतियोगितामा प्रिन्स तर्फ आरध्य भण्डारीले उपाधि हात पारेका छन भने श्री विष्ट फष्ट रन रअप घोषित भए ।

प्रतियाोगितामा सोसल मल्टिमिडियाको अवार्ड स्वपनीका बुढाथोकीले वितेकी छन् भने अडियन्स च्वाईज अवार्डको उपाधि अन्सु मगरले हात पारिन् । प्रतियोगितामा जुनियर तर्फ ४–७ वर्ष उमेर समूह, प्रि–जुनियर तर्फ ८–११ वर्ष र सिनियर तर्फ १२–१५ वर्ष उमेर समूहका बालकालिकाले सहभागिता जनाएको आयोजक समितिका कोडियो ग्राफर लक्ष्मण जोयल श्रेष्ठले जानकारी दिए ।

कविता जोयल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य सुधिरकुमार शिवकोटीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, बिर्तामोड नगरपाालिका–३ का अध्यक्ष मदन बुढाथोकी, जुनु विमली लगायतको आतिथ्य रहेको थियो । प्रतियोगितामा आशा बाँनिया उप्रेती, रुसा सुवेदी क्षेत्री, जुनु विमली र दिक्षा क्षेत्री जर्जका रुपमा रहेका थिए ।

गत फागुन १०गतेको अडिसनमा ६३ जना सहभागि भएका थिए भने १४ जना बालबालिका बन्द प्रशिक्षणमा सहभागी भएका थिए । ‘द लिटल प्रिन्स एण्ड प्रिन्सेस–२०२५’ च्याप्टर–२ का उपाधि विजेता प्रतियोगिहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here