माओवादी केन्द्र शिवसताक्षीमा नेम्बाङ

0
71

सुरुङ्गा ।

नेकपा (माओवादी केन्द्र) शिवसताक्षी नगर कमिटिको दोस्रो अधिवेशनले दुर्गा नेम्बाङको अध्यक्षतामा ४५ सदस्यीय नगर समिति गठन गरेको छ ।

शिवसताक्षी नगरमा समाजसेवाको क्षेत्रमा चिरपरिचित परिपक्व नेताको छबि बनाएका नेम्बाङ लामो समयदेखि माओवादी आन्दोलनमा आबद्ध रहेका छन् ।

सर्वसम्मत गठित कमिटीको उपाध्यक्षमा राजु दर्नाल, कचाली ताजपुरिया र भूवन राई छानिएका छन् । सचिवमा धनकुमार ढकाल, सहसचिवमा भूवन सेन्दाङ र देवीका खनाल तथा कोषाध्यक्षमा हेमबहादुर कार्की ‘सुमन’ चयन भएका छन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सहइन्चार्ज अजम्बर काङमाङ राईको प्रमुख आतिथ्य, पार्टीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री झलकसिंह दर्लामी ‘सन्देश’, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रञ्जित तामाङ, प्रदेश सदस्यहरू कल्पना कार्की, रामबहादुर राई र पुरुषोत्तम चुडाल ‘राजु’ लगायतको आतिथ्य रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here