झापा।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीनजिकै पूर्व–पश्चिम लोकमार्गमा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।
आज बिहान अन्दाजी ३:३५ बजे पहिचान हुन नसकेको सवारी साधन (ट्रक/टिपर हुन सक्ने)ले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेका साइकल यात्रीलाई ठक्कर दिएको थियो ।
तत्काल नाम थर ,वतन नखुलेको तराइवासी जस्तो देखिने अन्दाजी ३५ वर्षको पुरुषको कम्मरको भाग र टाउकोमा गम्भीर चोट लागेर उपचारको लागी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएकोमा बिहान ४:४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
ठक्कर दिने सवारी साधनको पहिचान एवम् खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।