अलस्का अटो मोवाइल्समा टाटाका नयाँ तीन इभी सार्वजनिक

0
61

झापा, झापाको बिर्तामोडमा रहेको अलस्का अटो मोवाइल्स प्रा.लि.मा टाटाका नयाँ तीन इभी सार्वजनिक गरिएको छ ।
टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले बिर्तामोडस्थित अलस्का अटो मोवाइल्स प्रा.लि.मा टाटाका नयाँ इभी सार्वजनिक गरेको हो । यो संगै अब अलास्का अटोमोबाइल्स प्रा.लि. बिर्तामोडबाट टाटाका हालै नेपालमा लञ्च भएका लोकप्रिय गाडीहरू कर्भ इभी, नेक्सन के ३ इभी, र टियागो इभी २०२५ उपलब्ध हुनेछन् ।
सिप्रदी ट्रेडिङ्गका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती र टाटा मोटर्सका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको उपस्थितिमा अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन टाटाका नयाँ इभी सार्वजनिक गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेको नगरप्रमुख गोम्देनले टाटाले हालै बजारमा ल्याएका गाडीहरु समय सुहाउँदो र किफायती हुनेमा विश्वास समेत व्यक्त गरे । विद्युतीय सवारीको प्रयोगले इन्धन खरिदमा लाग्ने पैसाको समेत बचत हुने भन्दै इभीलाई प्राथमिकतामा राख्नु पर्ने धारणा राखे ।
कार्यक्रममा अलास्का अटोमोबाइल्स प्रा.लि.का प्रबन्ध निर्देशक प्रकाश शिवाकोटीले टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरू लञ्च गर्न पाउँदा खुसी व्यक्त गर्दै यी गाडीहरूले बजारमा ठूलो प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले अवका केही वर्ष भित्र टाटाका गाडीहरु नेपाली बजारमा नम्वर वान भएर गुड्ने दावी गरे ।
कार्यक्रममा सहभागी सिप्रदी ट्रेडिङ्गका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले बिर्तामोडमा टाटाको नयाँ इभीहरू लञ्च गर्न पाउँदा आफूहरु उत्साहित भएको बताएका छन् । उनले कर्भ इइभी आकर्षक डिजाइन, प्रिमियम फिल, उत्कृष्ट सुरक्षा फिचर, र नेपाली सडकका लागि उपयुक्त भएकोले यो गाडी प्रिमियम एसयूभी खोज्ने ग्राहकहरूको पहिलो रोजाई बन्ने दावी गरे ।
नेक्सन के ३ इभीले ठूलो ब्याट्री क्षमता र लामो दूरी तय गर्ने सुविधा दिने बताउँदै उनले टियागो इभी २०२५ मोडेल नयाँ लुक्स, नयाँ सुविधाहरू तर पुरानै मूल्यमा आएको बताएका थिए ।
अब ग्राहकहरूले आफ्नो बजेट र आवश्यकताको आधारमा टाटाको गाडीहरू इच्छा अनुसारले रोज्न सक्ने उनको भनाई थियो ।
टाटा मोटर्सका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले टाटा मोटर्सले ग्राहकहरूलाई स्टाइलिस र प्रिमियम गाडीहरू प्रदान गर्दै आएको बताएका थिए । सिप्रदी ट्रेडिङ्गले ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न पूर्ण तत्परता देखाएको र हालै लञ्च गरिएका नयाँ इभीहरूले ग्राहकहरूको मन जित्नेमा आफू विश्वस्त रहेको बताए ।
कार्यक्रममा नयाँ गाडीहरूको साँचो पनि ग्राहकहरूलाई हस्तान्तरण गरिएको थियो । नयाँ इभी लञ्च गर्नासाथ चार जनाले खरिद गरेकाले उनीहरुलाईगाडीको चावी उपलब्ध गराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here