प्रथम सिद्धार्थ खुल्ला कप फुटबल प्रतियोगिता २०८१ सुरु

0
19

बिराटनगर,

मोरङको सुन्दरहरैंचा – ६ मा प्रथम सिद्धार्थ खुल्ला कप फुटबल प्रतियोगिता २०८१ सुरु भएको छ। हाम्रो आव्हान खेल र खेलाडीको प्रोत्साहन भन्ने मूल उदेस्यका साथ सिद्धार्थ युवा समाज क्लव सुन्दरहरैंचा – ६ आयोजनामा प्रतियोगिता सुरु भएको हो।

कार्यक्रमका प्रमुख अथिति वडा नम्बर ६ का वडा अध्यक्ष सन्तोष लिङ्देनले ब्यानर पढेर खेल उद्घाटन गरेका थिए। खेल उद्घाटन गर्दै वडा अध्यक्ष लिङ्देनले सिद्धार्थ युवा समाज क्लवले पहिलो पटक खुल्ला फुटबल आयोजना गरेकोमा खुशी ब्यक्त गर्दै खेलाडीहरुलाई शुभकामना दिए।
१२ टीमको सहभागिता रहेको उक्त प्रतियोगिता चैत २१ गते फाइनल खेल हुने सिद्धार्थ युवा समाज क्लवका खेल संयोजक बेदराज राईले जानकारी दिए। प्रतियोगिताको बिजेताले नगद २५ हजार ट्रफी मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले नगद १५ हजार  ट्रफी मेडल र प्रमाणपत्र पाउने खेल संयोजक  राईले बताए।

प्रत्येक खेलमा म्यान अफ द म्याच घिषित हुने खेलाडीलाई नगद ५ सय र मेडल प्रधान गरिने उनले बताए। वेस्ट गोल किपर,वेस्ट प्लेयर,हाई स्कोर र राईजिङ्ग प्लेयरलाई पनि पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा ४ जना पूर्व राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरिएको थियो। उद्घाटन खेलमा तालतलैया फुटबल क्लव इटहरीलाई हराउदै दारासिङ फुटबल क्लव जहदाले बिजयी सुरुवात गरेको छ। सबै खेल सिद्धार्थ सामुदायिक वनको खेल मैदानमा हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here