झापा, बिर्तामोड नगरपालिका २ घर भएका दिपेश गौतम गत साउन ३ गते चारपानेबाट घर तर्फ (श्रीहरि टोल) फर्कदै थिए । उनी स्कूटरमा सवार थिए । उनी सवार स्कूटर र दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मोटरसाइकल आपसमा ठोक्किदा उनी गम्भीर घाइते बने ।
घाइते गौतमलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पताल भर्ना गरियो । जहाँ उनलाई सघन उपचार कक्षसहित झण्डै तीन महिना अस्पतालमा राखेर उपचारपछि डिस्चार्ज गरियो । उनको उपचार सफल भएसंगै दिपेशले नयाँ जीवन पाएको भन्दै परिवारले खुशी व्यक्त गरेका छन् । दिपेशका दाई टिकाराम गौतमले अस्पतालमा उपलब्ध श्रोत साधन र दक्ष चिकित्सकका कारण भाईको उपचार सफल भएको बताएका छन् ।
भाईको अहिले अस्पतालमा नियमित चेकजाँचका हुने गरेको बताउँदै उनले भने – दुर्घटनापछि भाईको अवस्था क्रिटिकल थियो । उपचारमा सम्लग्न डा. दिग्गज श्रेष्ठका अनुसार बाँच्ने सम्भावना ५ प्रतिशत मात्रै थियो । तर, अस्पतालले धेरै राम्रो उपचार गरेका कारण माया मारिसकेको भाईले नयाँ जीवन पाएका छन् । बिर्तासिटीले बिरामीलाई धेरै राम्रो ‘केयर’ गरेर उपचार ग¥यो उनले भने – डा. दिग्गजसहित अस्पताल प्रशासन लाई धेरै धेरै धन्यवाद ।
घाइते गौतमको डा. दिग्गज श्रेष्ठ सहितको टिमले चार घण्टा लगाएर उपचार गरेको थियो । उनको उपचारका क्रममा टाउकाको हड्डी खोलिएको र जमेको ब्लड निकालिएको थियो । स्वास फेर्न सहजताका लागि घाटीमा पाइपको व्यवस्था (ट्याकेस्ट्रोमी) गरिएको उपचारमा सम्लग्न डा. श्रेष्ठले बताए ।
सघन उपचार कक्षमा २४ दिनको राखेर उपचार गरेपछि उनलाई नर्मल वार्डमा सारिएको र थेरापीसंगै उनी विस्तारै ठीक बनेको डा. श्रेष्ठले बताए । उपचारपछि गौतम आफैं सामान्य हिनडुल गर्न सक्ने बनेका छन् भने खान, विस्तारै बोल्न सक्ने भएका छन् ।
समयमै उपचार पाएका कारण उनी ठीक भएको भन्दै डा. श्रेष्ठले भने – यस्ता विरामीहरु उपचारपछि पनि नियमित फलोअपमा आउनु पर्छ उनीहरु विस्तारै पहिलाकै अवस्थामा फर्कन्छन् ।
कतिपयलाई गम्भीर प्रकारको चोट पटक लागेको हुन्छ । उनीहरुलाई समयमा उपचारका लागि नल्याइने र पछि मात्रै उपचारमा ल्याउने गरिएका कारण उनीहरुको उपचारमा समस्या आउने गरेको बताउँदै डा. श्रेष्ठले भने – विरामीलाई माया गरेर तत्काल अस्पताल ल्याउन सकियो भने विरामीका आफन्तले माया मरिसकेका विरामीलाई पनि बचाउन सकिन्छ ।
डा. श्रेष्ठले बिर्तासिटी अस्पतालमा अहिले कम्तिमा ३० दिनमा १५ वटा वढी जटिल प्रकारका शल्यक्रिया गर्दै आएका छन् । जुन शल्यक्रिया भित्र गौतमको समेत पर्छ ।
ब्रेन, स्पाइन, ट्युमर, ट्रमा गरी १३ सय भन्दा बढीको शल्यक्रिया गरिसकेका डा. श्रेष्ठ सफल र अनुभवी डा. भएका कारण बिर्तासिटी पछिल्लो समय विरामी र उनीहरुका अफन्तको रोजाइमा पर्दै गएको छ ।