झापामा नक्कली नेपाली नम्बर प्लेट हालेको भारतीय स्कोरपिओ गाडीसहित दुई जना पक्राउ

0
178

झापा ।

झापामा नक्कली नेपाली नम्बर प्लेट भएको भारतीय स्कोरपिओ गाडीसहित दुई जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको टोलीले सोमबार साँझ ६ बजे मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बसपार्क नजिकैबाट बा ८ च १३३८ नम्बरको नेपाली नम्बर प्लेटजडित भारतीय स्कोरपिओ नियन्त्रणमा लिएको थियो ।

सशस्त्रले उक्त गाडीसहित चालक मोरङ पथरीशनिश्चरे-८ का ४१ वर्षीय ईश्वरी भण्डारी र सवार भारत नक्सालवारी पञ्चायतका ३५ वर्षीय निताई घोषलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

गाडीसहित उनीहरूलाई आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here