करिब २१ लाख नगदसहित हुन्डी कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ

0
30

झापा ।

हुन्डी कारोबारमा संलग्न चिनियाँ नागरिक २० लाख ९२ हजार नगदसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चीनको तिब्बतका २६ वर्षीया रिस्के वाङ्मो रहेकी छन्। काठमाडौं महानगरपालिका-६, बौद्धमा बस्दै आएकी उनलाई प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले महाबौद्धबाट पक्राउ गरेको हो। प्रहरी वृत्त जनसेवाका प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्द नेतृत्वको प्रहरी टोलीले उनलाई पक्राउ गर्न सफल भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई एक हजार दरको ११ लाख ८३ हजार र ५ सय दरको ९ लाख ९ हजार रुपैयाँ र आइफोन मोबाइलसहित पक्राउ गरिएको हो।

पक्राउ परेकी उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको सूचना अधिकारी एवं प्रहरी उपरीक्षक अपिल राज बोहोराले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here