सभा र लंखुवा खोलामा करेन्ट लगाएर माछा मारे एक लाख जरिवाना

0
22

योगेन्द्र योगी
बिराटनगर,

संखुवासभाको सभापोखरी गाउँपालिकाले सभा र लंखुवा खोलामा करेन्ट लगाएर माछा मारे १ लाखसम्म जरिवाना गर्ने जनाएको छ।

गाउँपालिकाको बिहिबार बसेको कार्यपालिका बैठक निर्णय अनुसार सभापोखरी गाउँपालिकाको सभाखोला र लंखुवा खोलाको संरक्षण क्षेत्रमा वा निषेधीत क्षेत्रमा जाल हान्नेर / बल्छी /घरुवा/दुवालीको प्रयोग गरी माछा मार्नेलाई जरिवाना गर्ने निर्यण गरिएको प्रमुख प्रशासकीय अधिकृत बुकु प्रसाद आचार्यले जानकारी दिए।

प्रमुख प्रशासकीय अधिकृत आचार्यका अनुसार माछा मारेमा ५० हजार र करेन्ट लगाएर / बिषाधि लगाउने कार्य गरी माछा मारेमा १ लाख जरिवाना सहित प्रहरी प्रशासनको सहयोगमा माछा मार्ने व्यक्तिलाई प्रकाउ गरी जरिवाना असुल गर्ने र सो रकमको १५ प्रतिशत सम्बन्धित प्रहरी प्रशासनलाई प्रोत्साहान स्वरुप दिइने बताए ।

जरिवाना असुल गर्न नसकिए नेपाल सरकारको प्रचलित कानुन बमोजिम मुद्धा दर्ताको लागि सिफारिस गर्ने साथै निषेधीत क्षेत्रमा माछा मार्ने व्यक्तिको बारेमा गोप्य सुचना दिने सर्वसाधारण व्यक्तिलाई असुल उपर भएको रकमको ५ प्रतिशत रकम प्रोत्साहन स्वरुप दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। पछिल्लो समय सभा र लंखुवा खोलामा करेन्ट लगाएर माछा क्रम बढेको स्थानीहरुले बताउने गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here