इलाम,
इलामको पाथीभरा मन्दिरमा यस बर्ष पनि चैते दशैको अवसरमा पाथीभरा भण्डराको २० औ श्रृंखला सञ्चालन हुने भएको छ ।
यस बर्ष पाथीभरा भण्डराको श्रृखलामा प्रसाद मात्र बितरण हुने भएको छ । पाथीभरा भण्डरा समितिका सम्योजक धिरज अग्रवालको निधन भएकाले यस बर्ष प्रसाद बितरण मात्रै हुने आयोजक समितिका सदस्य सन्तोष अग्रवालले बताउनुभयो ।
कार्यक्रम २०८१ चैत्र २३ गते शनिबार पाथीभरा मन्दिरमा प्रसाद बितरण सहित भण्डराको श्रृखला हुन लागेको सदस्य अग्रवालले बताउनुभयो । बिगत १० बर्ष अघि बाट पाथीभरा मन्दिरमा बर्षको दुइपटक असोज र चैत्रमा भण्डरा सञ्चालन हुदै आएको छ ।