जन्म दिनको अवसरमा ‘व्यवसायी राहत कोष’मा सहयोग

0
16

झापा, बिर्तामोडका व्यवसायी किरणरत्न भण्डारीले बिर्तामोड उद्योग वाणिज्य संघलाई २१ हजार रुपैयाँ सहयोग गरेका छन् ।
संघले स्थापना गरेको ‘ब्यवसायी राहत कोष’का लागि प्रथम इलेक्ट्रोनिक्सका सञ्चालक समेत रहेका भण्डारीले २१ हजार रुपैयाँ सहयोग गरेका हुन् । आफ्नो जन्म दिनको अवसर पारेर भण्डारीले उक्त रकम संघका अध्यक्ष राजु न्यौपानेलाई प्रदान गरेका थिए ।
बिर्तामोड उद्योग वाणिज्य संघको सभा हलमा आयोजित कार्यक्रमकाबीच भण्डारीले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
बिर्तामोड उद्योग वाणिज्य संघले एक करोड रुपैयाँको व्यवसायी राहत कोष स्थापना गरेर सह्ररानीय काम गरेको भन्दै भण्डारीले अन्य व्यवसायीलाई समेत उक्त कोषमा रकम प्रदान गर्न आग्रह गरेका थिए ।
सो अवसरमा भण्डारीलाई बिर्तामोड उद्योग वाणिज्य संघले कदरपत्र प्रदान गर्दै सम्मान गरेको छ ।
संघका पदाधिकारी सहितका कार्यसमिति सदस्यले उनलाई सामुहिक रुपमा कदरपत्र प्रदान गरेका थिए । कार्यक्रमको संचालन संघका कोषाध्यक्ष युवराज निरौलाले गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here