झापा,
बाह्रदशीको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-३ बस्ने लोकबहादुर तामाङका ९ वर्षीय छोरा कृष्ण तामाङ रहेका छन् ।
कृष्णलाई उनकी आमा सिया लामाले माइतीघर बाह्रदशी गाउँपालिका-२ किरात टोलका पदम लामाको घर लगेकी थिइन् ।
मावल घरदेखि ५० मिटरपूर्व पोखरीको डिलमा खेल्ने क्रममा आज दिउँसो ३ बजे पानीमा डुबेर बालक सिकिस्त भएका थिए ।
उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा दिउँसो ४ः५० मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।