मोटरबाट करेन्ट लाग्दा झापाको कनकाईमा एकजनाको मृत्यु

0
37

झापा,

विद्युतीय मोटरबाट करेन्ट लाग्दा झापाको कनकाईमा एकजनाको मृत्यु भएको हो ।

कनकाई नगरपालिका वडा नम्बर १ बस्ने ६६ वर्षीय ताराबहादुर विश्वकर्मा आफ्नै घरमा पानी तान्ने विद्युतीय मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थिए ।

उनलाई उपचारको लागि आफन्तले बिर्तासिटी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here