अधिकारी वंश प्रतिष्ठानको अधिवेशन

0
209

झापा ।

कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपालको सातौं महाधिवेशन सम्पन्न भएको छ ।

झापाका अग्रज बन्धुहरुको पहलमा विक्रम सम्वत् २०३९ सालमा अर्जुनधारामा स्थापना भई २०५९ सालबाट जिप्रका झापामा दर्ता कायम भै कनकाई कोटीहोममा केन्द्रीय कार्यालय रहेको प्रतिष्ठानको सातौं महाधिवेशन लुम्बिनी प्रदेश नवलपुर जिल्लाको गैडाकोटमा सम्पन्न भएको छ ।

प्रतिष्ठानको सातौं केन्द्रीय महाधिवेशनले २०७१ सालमा प्रकाशित वंशहरुको प्रथम ग्रन्थ र २०८० पुसमा प्रकाशित दोस्रो संस्करणका संयोजक तथा प्रतिष्ठान स्थापनाकालदेखि वभिन्न पद र ओहोदामा रहेर सक्रिय भूमिका निर्वाह गर्नेे बिर्तामोड–५ शनिश्चरेक निवासी नरेन्द्रकुमार अधिकारीको अध्यक्षतामा ३५ सदस्य कार्यसमिति चयन गरेको छ ।

तेस्रो कार्यकालका लागि निर्वाचित अध्यक्षले वि.स.२०७८को जनगणना अनुसार सबैभन्दा बढी संख्यामा रहेका अधिकारी तथा देश–विदेशमा रहेका अधिकारीहरूलाई वंश प्रतिष्ठानमा आबद्ध गराउँदै वंशावली ग्रन्थ दोस्रो संस्करण लाई पूर्णता दिने तथा कश्यप गोत्रीय अधिकारी बन्धुहरुभित्र रहि विभिन्न नाममा दर्ता कायम भएका संस्था र समाजसँग एकता गरी वंश प्रतिष्ठानको छहारीभित्र समाहित गराउन प्रयत्न गर्ने र वंशावलीको दोस्रो संस्करणलाई डिजिटल प्रविधि (वेबसाइट)मा लैजाने बताए ।

वंश प्रतिष्ठानका अध्यक्ष नरेन्द्रकुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उद्घाटन गरेका थिए । त्यस्तै बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम, जिल्ला समन्वय समिति चितवनका सभापति नारायणप्रसाद, लुम्बिनी प्रदेश प्रमुख प्रशासकीय अधिकृत (सचिव) बलराम, पूर्व स्वास्थ्यमन्त्री रामचन्द्र, बर्मादेशबाट वंश प्रतिष्ठानका अध्यक्ष प्रकाश, भुटानका अध्यक्ष पुण्यप्रसाद, मणिपुर वंश प्रतिष्ठानका अध्यक्ष कुलबहादुर सचिव प्रेमनाथ, वंश प्रतिष्ठान पश्चिम बङ्गालका अध्यक्ष मोहन , सिक्किम वंश प्रतिष्ठानका अध्यक्ष जीवन अधिकारी लगायतले बोलेका थिए ।

चैत ३० गते सम्पन्न महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा रामेछापबाट रामचन्द्र र महिला उपाध्यक्षमा गोरखाबाट जनुका अधिकारीलाई चयन गरेको छ । सातवटै प्रदेशमा प्रमुखमा केन्द्रीय उपाध्यक्ष चयन भएका छन् । सुदूरपश्चिम प्रदेशको कैलालीबाट जयनारायण, कर्णाली प्रदेशको सुर्खेतबाट हेमराज, लुम्बिनी प्रदेश बाँके नेपालगञ्जबाट विनोद, गण्डकी प्रदेशको स्याङ्जाबाट सिताराम, बागमती प्रदेशको सिन्धुलीबाट शंकरनाथ शर्मा, मधेस प्रदेशको सर्लाहीबाट गोविन्दप्रसाद र कोशी प्रदेशको उदयपुरबाट चन्द्रमणि अधिकारी निर्वाचित भएका छन् ।

त्यस्तै केन्द्रीय महासचिवमा संखुवासभाबाट चिरञ्जीवी, दुई केन्द्रीय सचिवमा धादिङबाट सिताराम र सुन्सरीबाट दिल्लीप्रसाद, केन्द्रीय कोषाध्यक्षमा भोजपुरबाट निमेष तथा दुई सहसचिवमा परासीबाट डिबी र चितवनबाट शिवप्रसाद अधिकारी चयन भएका छन् ।

त्यस्तै आगामी तीन वर्ष कार्यकालका लागि केन्द्रीय सदस्यमा खुमानन्द सल्यान, गोविन्द पर्वत, सूर्यबहादुर उद्धव, स्मृति काठमाडौं नरेश्वर दैलेख, देवीकृष्ण जुम्ला, मथुराज पण्डित बाजुरा, देवीराम अछाम, लक्ष्मीप्रसाद रुपन्देही, कविराज बाग्लुङ, प्रकाश गैडाकोट नवलपुर, श्रीमती कल्पना धादिङ, देवीप्रसाद पाँचथर, बद्रीप्रसाद महोत्तरी, दीपक सर्लाही नारायणप्रसाद तनहुँ, प्रदिप इटहरी र नवराज पहाडी अधिकारी लमजुङ रहेका छन् ।

कार्यक्रममा आगामी कार्ययोजनासहितको प्रतिवेदन अध्यक्ष नरेन्द्रले र आयव्ययको आर्थिक प्रतिवेदन कोषाध्यक्ष निमेषले प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव चिरञ्जीवीले र स्वागत लुम्बिनी प्रदेश केन्द्रीय उपाध्यक्ष विनोद अधिकारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here