बिराटनगर,

सुनसरीको इनरुवा नगरपालिका ७ स्थित ग्रीन सिटीको हाता भित्र मन्दिर निर्माण भइरहेको पाथीभरा माताको मन्दिर निर्माण स्थलमा शिला प्रतिष्ठापन गरिएको छ।
सामाजिक अभियन्ता नेत्र प्रसाद चौलागाईका अनुसार बराहक्षेत्र (कोका संगम स्थल) बाट ल्याएर शिला प्रतिष्ठापन गरिएको बताए।
अभियन्ता चौलागाईको ‘एक इट्टा अभियान’ अन्तर्गत स्थानीय श्रद्धालुहरूको सहयोगमा ग्रीन सिटी भित्र मन्दिर निर्माण कार्य भईरहेको छ। करिव एक करोडको लागतमा मन्दिर निर्माण सम्पन्न हुनेछ।
मन्दिर संगसंगै उक्त ग्रीन सिटी भित्र २१० फिट अग्लो नेपालको झन्डा,सिटी भित्रै स्कुल,कलेज,अस्पताल, रिसोर्ट र सुपरमार्केट निर्माण हुनेछ। स्वच्छ र ठूलो पार्क,हरेक घरमा रुख हुने छ भने रेस्टुरेन्ट र स्विमिङपुल पनि रहने बताईएको छ।
अभियन्ता चौलागाई मन्दिर निर्माण गर्ने कार्यमा मात्र होइन हरेक दुखमा परेका नगरिकको पिडामा मलम लगाउने व्यक्ति हुन्। केहि दिन अघि मात्र उनले मोरङको सुन्दरहरैंचा ३ को लक्ष्मी नारायण मन्दिरको भवनमा आयोजित माता सम्मान कार्यक्रममा आर्थिक सहयोग गरेका थिए।































