झापा । पत्रकार एवम् प्रदेश खबरका अध्यक्ष पवन अधिकारीलाई पितृ शोक परेको छ ।
नेपाल प्रेस युनियन सुनसरीका पूर्व अध्यक्ष समेत रहेका सुनसरीका सक्रिय पत्रकार अधिकारीका पिता इन्द्रलाल अधिकारीको ८६ वर्षको उमेरमा बुधवार दिउँसो १ बजे निधन भएको हो । पत्रकार अधिकारी नेपाल सरकार विज्ञापन बोर्ड सदस्य समेत रहेका छन् ।
फोक्सो सम्बन्धी रोगबाट पीडित रहेका स्व.अधिकारीका पवन सहित प्रेम र ध्रुव अधिकारी छोरा र मीना, हिमा, तुलसा र अस्मिता छोरी रहेका छन् । स्व.अधिकारीको आजै दिउँसो ४ बजे इटहरीस्थित बूढीगङ्गा जमुना मुक्तिघाटमा अन्त्येष्टि गरिएको छ ।





























