सुनझोडा सामुदायिक वनमा ७२ वर्षीया जेष्ठ नागरिक महिला मृत फेला

0
35

उर्लाबारी . मोरङको उर्लाबारी वडा नम्बर २ सुनझोडामा सुनझोडा सामुदायिक वनमा एक जेष्ठ महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।

बुधबार बिहान करिब ११ : ३० बजे सामुदायिक वनमा रहेको असारे रुखमा साडीको पासो लगाई ७२ वर्षीया गुणकुमारी खड्का मृत अवस्थामा फेला परेकी हुन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बरालका अनुसार खड्का झापा जिल्लाको शिवशताक्षी नगरपालिका–४, पाँचगाछीकी स्थायी बासिन्दा रहेको बताइएको छ ।

प्रहरीले उनी केही समयदेखि डिप्रेशनको समस्याबाट पीडित भई उपचाररत रहेको जनाएको छ । उनी हाल सिरुझारस्थित छोरी दुर्गा सुवेदीको घरमा बस्दै आएकी थिइन्।
मंगलबार राति करिब ३ बजे घरबाट निस्केकी खड्कालाई परिवारले हराएको भनी प्रहरीमा जानकारी दिएको थियो। त्यसपछि खोजी गर्ने क्रममा बुधबार बिहान उनी सामुदायिक वनमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक बरालले बताउनुभयो ।
खड्काको शव छोरा छत्रबहादुर खड्काको रोहबरमा पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पठाइएको उर्लाबारी प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here