झापा ।
नेपालकै चर्चित गायन रियालिटी सो मेरो भोइस युनिभर्स सिजन 2 को प्रतिस्पर्धामा अभिजित अधिकारी उत्कृष्ट टप ११ मा पर्न सफल भएका छन्। इलाम जिल्लाको सूर्योदय नगरपालिकाको सुन्तले भन्ने गाउँमा जन्मिएका अधिकारी विगत १२ वर्षदेखि बिर्तामोडमा बस्दै आएका छन्।
१८ वर्षीय अभिजित सानै उमेरदेखि पढाईसंगै गीतसंगीतमा रुचि राख्ने गर्दथे।पढाइको सिलसिलामा झापाको बुद्ध शान्तिमा रहेको एराएभरग्रिन स्कुलमा हुँदा प्याप्सनका विभिन्न प्रतियोगिताहरूमा सहभागी भएर उपाधि समेत चुमिसकेका छन्।पहिलो चरणको भोटिङ राउन्ड पार गरेर दोस्रो चरणको प्रतिस्पर्धाका लागि तयारी गर्दै गरेका उनी थप सशक्त गायकी प्रस्तुत गर्ने तयारीमा रहेका छन्। अबको निर्णय भोटिङ राउन्डबाट समेत हुने भएको हुँदा सम्पूर्ण आफ्ना दर्शक तथा श्रोताहरूलाई उनले भोटमार्फत सहयोग गर्न अपिल पनि गरेका छन्।

उनी भन्छन्-” मलाई भोट गर्नका लागि नेपालभित्र रहनुहुने दर्शकहरुले आफ्नो मोबाइलको मेसेज बक्समा गई MVU टाइप गरेर एक स्पेस दिइ 01 लेखेर 37000 मा मेसेज गर्न सक्नुहुन्छ भने देश तथा विदेशमा रहनुभएका दर्शक श्रोताहरुले My Intra app download गरेर सो मार्फत पनि निःशुल्क र सशुल्क भोट गर्न सक्नुहुनेछ।”































