झापा ।

झापाको बिर्तामोड नगरपालिका–१ बिर्तासिटी अस्पताल छेउ रहेको नेपाल चिया विकास निगमको केन्द्रीय कार्यालयमा
आगलागी भएको छ ।
आइतवार राती आगलागी भएको प्रहरीले जनाएको छ । कार्यालयमा राखिएको जेनेरेटर रुममा बिद्युत लाईन सर्ट भई आगलागी भएको भन्ने खबर आए लगत्तै इलाका प्रहरी कार्यालय अनारमनीको टोली पुगेको थियो ।
खवर हुन साथ प्रहरी टोली र बिर्तामोड नगरपालिकाको दमकलको सहायतामा आगलागी आधा घण्टामा पूर्ण रुपमा नियन्त्रणमा आएको निगमका प्रशासन प्रमुख लोकनाथ दंगालले जानकारी दिए ।
आगलागीबाट जेनेरेटर पूर्ण रुपमा क्षति हुँदा अन्दाजी पाँच लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । नेपाल चिया विकास निगमले टोकला लगायतका चर्चित ब्राण्डका चिया उत्पादन गर्दै आएको छ ।































