नेपाल उपविजेता हुदै एसिया कपममा छनोट

0
416

झापा, भदौ १७ । मलेसियामा जारी एसीसी यु–१९ प्रिमियर लिग क्रिकेटको अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ९ विकेटले हराएको छ ।

जितसँगै ५ खेलबाट ८ अंक जोडेको नेपाल उपविजेता बनेको छ । सतप्रतिशत नजिता निकालेको अफ्गानिस्थान समुह विजेता बन्यो । नेपाल र अफ्गानिस्तानसँगै आयोजक मलेसिया समेत अण्डर १९ एसिया कपका लागि छनौट भएका छन् । क्वालालाम्पुरमा साउदी अरेबियाले दिएको ५६ रनको सामान्य लक्ष्य नेपालले ९ ओभरमा १ विकेट गुमाएर भेट्टायो । ओपनर सुनिल धमला ३४ र कप्तान राजु रिजाल १४ रनमा अविजित रहे ।

यसअघि टस जितेर ब्याटिङ गरेको साउदी अरेबिया ३३ दशमलव २ ओभरमा ५५ रनमा समेटिएको थियो । पहिलो ब्याट्सम्यान फैसल खानले १९ र ११ औं ब्याट्सम्यान जैनले ११ रन जोड्नु बाहेक मध्यक्रमका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । नेपालको तर्फबाट सुशील कँडेलले १० ओभरमा ९ मेडन राख्दै १२ रन खर्चिएर ४ विकेट लिए ।

यस्तै यस्तै ६ ओभरमा ३ रन खर्चिएदै सुनिल धमला र ४ दशमलव २ ओभरमा ९ रन खर्चिएर प्रेम तामाङ्गले समान २–२ विकेट लिए । बिहिबार नै भएका अन्य खेलमा अफ्गानिस्तानले मलेसियालाई ७ विकेटले र युएईले कुवेतलाई ८ विकेटले पराजित गरे ।

खेल सम्बन्धी नै अर्को प्रशंगमा नेपाल ओलम्पिक कमिटीको नयाँ कार्यसमिति अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । नयाँ कार्यसमितीको मतदानमा अध्यक्ष पदमा श्रेष्ठले प्रतिस्पर्धी उमेशलाल श्रेष्ठलाई ९ मतले पछि पारे । विजयी श्रेष्ठले १७ मत प्राप्त गरेका थिए । ४ उपाध्यक्षमा बर्तमान उपाध्यक्ष धिरेन्द्र प्रधान सहित ज्योति राणा, पुरेन्द्र विक्रम लाखे, र राजेन्द्र बान्तवा निर्विरोध चयन भएका छन् ।

महासचिवमा १७ मत ल्याउँदै लामा टेण्डी शेर्पा विजयीभएका छन् । महासचिवका प्रतिस्पर्धी छिमी उर्केनले ८ र दीपराज गुरुङले एक मत ल्याएका हुन् । कोषाध्यक्षमा रतन टण्डन निर्विरोध भएका हुन् । त्यस्तै सहायक महासचिवमा राजीव श्रेष्ठ विजयी भएका छन् ।

उक्त पदमा चतुरानन्द वैद्य र श्रेष्ठको १३र१३ मत भएपछि गोलाप्रथाबाट टुंगो लगाइएको हो ।
८ सदस्यका लागि १२ जनावीच प्रतिस्पर्धा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here