आयुष निरौला, झापा ।

झापाको बुद्धशान्तिकी एक बालिकालाई उपचारमा सहयोग गर्ने उद्धेश्यले आर्थिक सहयोग गरिएको छ ।
बुद्धशान्तिका युवाहरुको पहलमा संकलन भएको नगद ५९ हजार ८६ रुपैंया बुद्धशान्ति ५ निवासी चन्द्र खवासकि १६ वर्षिया छोरी अङ्किता खवासको उपचारमा सहयोग गरिएको हो ।
आन्द्रामा समस्या भई उपचाररत अङ्कितालाई उपचारमा सहयोग मिलोस भन्ने उदेश्यले नगद सहयोग हस्तान्तरण गरेको दिपक भट्टराईले जानकारी दिए ।

आर्थिक अवस्था कमजोर भएका खवासको उपचारमा करिव चार लाख खर्च भइसकेको छ । अङ्कितालाई सहयोगार्थ सञ्चालन गरिएको स्वच्छिक सहायता अभियानमा सहयोगि मनहरुबाट तीन दिनमा संकलन भएको ५९ हजार ८६ रुपैंया संकलन भएको रकम अस्पताल परिसरमा पुगेर अङ्किताका बुवा चन्द्रलाई हस्तान्तरण गरिएको द्रोणचार्य लामिछानेले बताए ।
नानीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोग गर्नुहुने सम्पुर्ण महानुभाबहरुमा अभियानका भट्टराईले सबैलाई धन्यवाद ज्ञापन गरे ।































