सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु

0
108

सुनसरी ।

सुनसरीको दुई स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सुनसरीको इटहरी उप–महानगरपालिका–२० स्थित प्रदेश न २–०१–००३ प २७२८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक सिरहा लाहान–८ का ५० बर्षीय बिमल कुमार साहको उपचारको क्रममा बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमाट मृत्यु भएको हो ।

त्यस्तै भोक्राहा नरसिंह गाउँपालिका–५ मा प्रदेश १–०२–००२ ख ०२४० नम्बरको टिफरले प्रदेश १–०२–०४३ प १३३८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका मोटरसाईकल चालक भोक्राहा नरसिंह–३ का ३५ बर्षीय सुदिन यादवको उपचारको क्रममा जिल्ला अस्पताल सुनसरीमा मृत्यु भएको हो ।

घटनामा संलग्न टिफर चालक भोक्राहा–२ का २८ बर्षीय जयप्रकाश मेहतालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here