नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघले तेस्रो स्थापना दिवस मनायो

0
155

झापा ।

नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघले तेस्रो स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसको अवसरमा संघले मानव सेवा आश्रम रानीवन काठमाण्डौमा रहेका दुई सय ७० जना भन्दा बढी वृद्धबृद्धालाई भोजन गराएको अध्यक्ष लीलाप्रसाद ढकालले जानकारी दिए । उनले होटलमा कार्यक्रम गरेर फजुल खर्च गर्नुभन्दा आफ्नो संस्थाको कार्यक्रम वृद्धवृद्धासंग रमाउदैं गर्दा मानव सेवा पनि हुने कार्यक्रम पनि सकिने बताए ।

नेपाली काग्रेसका नेता अर्जुन नरसिंह केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पार्टीका भातृ तथा शुभेच्छुक संस्था बिभाग प्रमुख अब्दुल सत्तार, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी कार्यसमितिका पदाधीकारी तथा सदस्य, बिभिन्न जिल्लाका अध्यक्षहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी पूर्वमन्त्री केसीले नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघले उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे । उनले मानव सेवा आश्रमले गरिरहेको कामको पनि प्रशंसा गर्दै अझै पनि मानवता नहराएको उल्लेख गरे ।

कांग्रेका नेता केसीले सडक बालबालिका तथा सडक मानव मुक्त राष्ट्र निर्माणको लागि मानव सेवा आश्रमजस्ता संस्थाहरुलाई सरकारले सहयोग गर्नुपर्ने बताए। कांग्रेस निकट नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा आश्रीतलाई भोजन वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित केसीले आफुले आन्तराष्ट्रिय दातृ निकायहरुमा सहयोगको पहल गर्ने समेत प्रतिबद्धता जनाए ।

नेता केसीलाई आश्रमका अध्यक्ष रामजी अधिकारी र प्रवक्त सुमन वर्तौलाले आश्रमको वर्तमान अवस्था, भवन निर्माण र नेपाललाई सडक मानव मुक्त बनाउनको लागि भावी योजनाबारे जानकारी गराएका थिए ।

ब्यवसायी संघका केन्द्रिय अध्यक्ष लीलाप्रसाद ढकालले हाटल व्यवसायीको धर्म भनेकै गाँस र वास भएकाले आश्रमका असहायलाई खाना खुवाएर स्थापना दिवस मनाउन पाउदा निकै हर्षित भएको उल्लेख गरे । उनले आफुहरुले मानव सेवाका क्षेत्रमा काम गरेको भन्दै होटल ब्यवसायलाई ब्यवस्थित र मार्यादित बनाउन आफुहरु लागेको उल्लेख गरे ।

अशक्त, असहाय र परिवार विहिन सडक मानवलाई सेवा दिने मानव सेवा आश्रमको २१ जिल्लामा २७ वटा शाखाहरु रहेका छन् । अहिले आश्रममा १९२५ भन्दा बढी असहायले आश्रय लिइरहेका छन् । जसमा १६५ जना भन्दा बढी बालबालिकाहरु रहेका छन् । त्यस्तै, आश्रमको चार वटा शाखाको भवन निर्माण सम्पन्न गरेको छ भने १६ वटा भवन निर्माणाधिन अवस्थामा हेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here