झापा, जिल्ला समन्वय समिति झापाका सदस्य रीता नेपालीले अर्जुनधारा ५ का दर्जनौं अव्यवस्थित वसोवासीहरुबाट धनीपूर्जा दिलाउने प्रलोभन देखाई रकम असुलेको खुलेको छ ।

अर्जुनधारा – ५ कै वासिन्दा रहेकी नेपालीले स्थानीय फूलमाया मोते, रञ्जु गुप्ता श्रेष्ट, प्रमिला राजवंशी लगायत ३० जना भन्दा बढी स्थानीयबाट १५ दिन भित्र धनीपूर्जा दिलाई दिने भन्दै जनही ६ हजारका दरले रकम असुलेको पीडितहरुले बताएका छन् । आमसंचार डिजिटल खवर पत्रिकासंग कुरा गर्दै उनीहरुले शुरुमा खाजा खान भन्दै एक÷एक हजार र पछि पाँच पाँच हजार रुपैयाँका दरले रकम असुलेको उनीहरुको जनाएका छन् ।
पीडित महिलाहरुको भनाई –
धनीपूर्जा दिलाउन नसके असुल गरेको रकम फिर्ता गर्ने बाचा गरेकी नेपालीले अहिलेसम्म रकम फिर्ता नगरेकोमा पीडितहरुले आपत्ति जनाएका छन् । वारम्वार विवादमा आइरहने नेपालीले धनीपूर्जा दिलाई दिन्छु भनेर रकम लगी पैसा फिर्ता गर्न आलटाल गर्न थालेपछि पीडितहरुले आफूहरु ठगिएको भन्दै सञ्चारमाध्यममा न्यायका लागि गुहार माग्न आएका हुन् ।































