रोटरी र रोट्रयाक्ट क्लब सुरुङ्गाको पदस्थापन

0
53

सुरुङ्मा।

सामाजिक सेवा साथै नेतृत्व विकासमा समर्पित रोटरी क्लव अफ सुरुङ्गा एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ ।

वर्ष २०२४/२५ को समापन भएसँगै वर्ष २०२५/२६ का लागि यस अघि नै सर्वसम्मत भइसकेको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको हो । रोटरी क्लव अफ सुरुङ्गाको सातौं एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको पाचौं पदस्थापन विशेष कार्यक्रममा नयाँ नेतृत्वले संयुक्त रुपमा पदभार ग्रहण गरेको हो ।

वर्ष २०२५/२६ का लागि रोटरी क्लव अफ सुरुङ्गाको अध्यक्षमा सर्वसम्मत भएका रोटरीयन डिल्लीराम मैनालीलाई एक भव्य समारोहका बीच कार्यक्रमका प्रमुख अतिथी रोटरीका पुर्व डिस्ट्रीक गभर्नर सञ्जय गिरीले रोटरी कलर पहिर्याइदिएर सपथ ग्रहण गराएका थिए । क्लवका चार्टर प्रेसिडेन्ट लक्ष्मीप्रसाद उप्रेती(एल.पी.)ले अध्यक्ष मैनालीलाई चार्टर सटिपिकेट प्रदान गरेका थिए भने निवर्तमान अध्यक्ष लुवराज उप्रेतीले गन र ग्याबल प्रदान गरे । अध्यक्ष मैनालीले आफ्नो टिमलाई पुर्णता दिँदै सपथग्रहण गराएका थिए ।

सपथग्रहण गर्ने रोटरी क्लव अफ सुरुङ्गा वर्ष २०२५/२६ का पदाधिकारी तथा सदस्यहरुमा क्रमशः निवर्तमान अध्यक्ष लुबराज उप्रेती, प्रेसिडेन्ट इलेक्ट अर्जुन बोहोरा, प्रेसिडेन्ट नोमिनी अखिलकुमार कोइराला, प्रथम उपाध्यक्ष सरला दहाल पोखरेल, द्धितीय उपाध्यक्ष शिवकुमार गिरी र तृतीय उपाध्यक्षमा खेमप्रसाद ओली रहेका छन् ।

त्यस्तै क्लवको सचिवमा रामप्रसाद निरौला, सहसचिवमा यदुका ओली उप्रेती, कोषाध्यक्षमा रेणुका उप्रेती, क्लव एडमिनीस्ट्रेसन चेयरमा सोमनाथ उप्रेती, मेम्बरसिप डेभ्लोप्मेन्ट चेयरमा कमलप्रसाद कट्टेल, पब्लीक रिलेसन चेयरमा कुमारमणि पोखरेल, सर्भिस प्रोजेक्ट चेयरमा खेमप्रसाद प्रसाईँ रहेका छन् ।

त्यस्तै क्लवको टिआरएफको जिम्मेवारीमा शिवकुमार कडेल, वातावरण चेयरमा मेनुका उप्रेती, युथ सर्भिसमा बमबहादुर कुँवर, सर्जनएट आम्समा मिनाल तिम्सिना, क्लव ट्रेनरमा टिकाप्रसाद कट्टेल, क्लव मेन्टरमा शुसिलकुमार श्रेष्ठ, आइटी चेयरमा मीलन ओली रहेका छन् ।

त्यस्तै रोट्रयाक्ट क्लव अफ सुरुङगाको अध्यक्षमा सर्वसम्मत भएका डा.मुकेशकुमार शाहलाई रोट्रयाक्टका जेटआरआर सावन अधिकारीले कलर पहिर्याइदिएर सपथ ग्रहण गराए ।

रोट्रयाक्ट क्लव अफ सुरुङ्गाकी पुर्व अध्यक्ष सारिका गिरीले अध्यक्ष शाहलाई चार्टर सटिपिकेट प्रदान गरेकी थिइन् भने निवर्तमान अध्यक्ष प्रतापबाबु जमरकट्टेलले गन र ग्याबल प्रदान गरे । क्लवका अध्यक्ष शाहले आफ्नो टिमलाई पुर्णता दिँदै कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

यसरी सपथग्रहण गर्ने पदाधिकारी तथा सदस्यहरुमा क्रमशः निवर्तमान अध्यक्ष प्रतापबाबु जमरकट्टेल, उपाध्यक्ष सोहन उप्रेती, सचिव कृष्टि खतिवडा, कोषाध्यक्ष सित्तल पोखरेल,जोइन सेक्रेटरी कृष्ण पुरी रहेका छन् । त्यस्तै पब्लीक इमेज चेयर दिक्षा राई, रोटरी फाउण्डेशन चेयर दिवाकर तिवारी, युथ सर्भिस कोमल न्यौपाने, सर्जनएट आम्स भावना गिरी, प्रोफेसनल सर्भिस चेयर जेनिस चम्लागाईँ, स्पेसल एरिया प्रोजेक्ट चेयर सुमन भारती रहेका छन् ।

त्यस्तै सर्भिस प्रोजेक्ट चेयर मीनु मगर, क्लव एडमिनिस्ट्रेसन चेयर मेरिस्का अधिकारी, ईन्टरनेशनल सर्भिस चेयर रिसवसिंह चाहार रहेका छन् ।

यसै अवसमा १२ वर्षदेखी १८ वर्ष सम्मको उमेर समूहका किशोर–किशोरीहरूलाई नेतृत्व, सेवा र अन्तर्राष्ट्रिय समझदारीको अवसर प्रदान गर्ने इन्ट्रयाक्ट क्लवको गठन गरिएको छ । रोटरी क्लव अफ सुरुङ्गाले स्पोन्सर गरेको यो क्लवको ‘अल्माइटी पशुपति’ भनेर नामाकरण गरिएको छ । विद्यालय वा समुदायमा आधारित विद्यार्थीहरु यसका सदस्य हुन सक्ने भएकाले सुरुङ्गास्थित पशुपति अंग्रेजी माविमा अध्ययनरत विद्यार्थी डेनिस उप्रेतीलाई यस क्लवको संस्थापक अध्यक्षको रुपमा मान्यता प्रदान गरेको बताइएको छ ।

संस्थापक अध्यक्ष उप्रेतीलाई रोटरीका पुर्व डिस्ट्रीक गभर्नर सञ्जय गिरीले रोटरी कलर पहिर्याइदिएर चार्टर सटिपिकेट प्रदान गरे । त्यस्तै जोनल इन्ट्रयाक्ट रिप्रेजेन्ट सिम्ला धितालले सपथ ग्रहण गराएकी थिइन् । संस्थापक अध्यक्ष उप्रेतीले चाँडै आफ्नो टिमलाई पूर्णता दिएर सामाजिक क्षेत्रमा संस्थाको परिधि भित्र रहँदै गतिविधि अघि बढाउँने जनाएका छन् ।

रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष डिल्लीराम मैनालीको अध्यक्षतामा सम्पन्न पदस्थापन विशेष समारोहमा निवर्तमान अध्यक्ष लुबराज उप्रेतीले आफ्नो नेतृत्वमा समाजमा भएका गतिविधिका बारेमा जानकारी गराएका थिए । त्यस्तै नवनिर्वाचित अध्यक्ष मैनालीले वर्ष २०२५/२६ का लागि वर्षभरी गर्ने कार्यक्रमको वार्षिक कार्ययोजना सार्वजनिक गरेका थिए । त्यस्तै रोट्रयाक्टका निवर्तमान अध्यक्ष प्रतापबाबु जमरकट्टेलले समेत आफ्नो नेतृत्वमा भएका सामाजिक गतिविधिका बारेमा जानकारी गराएका थिए भने नवनिर्वाचित अध्यक्ष शाहले समेत आफ्नो वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए ।

रोटरीका प्रेसिडेन्ट इलेक्ट अर्जुन बोहोराले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख अतिथी पुर्व डिस्ट्रिक्ट गभर्नर सन्जय गिरीले उपस्थित सदस्यहरूलाई प्रेरणादायी सम्बोधन गर्दै रोटरीको मूल मन्त्र ‘सर्भिस एभोव सेल्फ’ को गहिरो व्याख्या गरे ।

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजको हितमा एकजुट हुन प्रेरित गर्ने रोटरीको सेवा यात्रा केवल परियोजनाहरूमा मात्र सीमित नभएको भन्दै पुर्व गभर्नर गिरीले रोटरीले समुदायमा सकारात्मक परिवर्तन ल्याउँने ठोकुवा गरे ।

पुर्व गभर्नर गिरीले नयाँ कार्यसमितिबाट सफल नेतृत्व, पारदर्शिता र सहकार्यको माध्यमले स्थानीय स्तरमा दीर्घकालीन प्रभाव पार्न सक्ने विश्वास व्यक्त गरे ।युवाहरूलाई सामाजिक उत्तरदायित्व र नेतृत्व विकासमा सक्रिय भूमिका खेल्न उनले आह्वान गरे ।

गिरीको सम्बोधनले उपस्थित सबैलाई उत्साहित बनाएको थियो भने आगामी वर्षका लागि सेवा भाव र एकताको भावनामा थप प्रगाढ बनाउने विश्वास गरिएको छ ।

कार्यक्रममा रोटरीका पुर्व डिस्ट्रीक गभर्नर जितेन्द्रबहादुर राजभण्डारी, रोटरी क्लव अफ सुरुङ्गाकी एसाइन एसिस्टेन्ट गभर्नर निकिता गिरी लगायतले मन्तव्य राखेका थिए । प्रेसिडेन्ट नोमिनी अखिलकुमार कोइरालाले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष लुबराज उप्रेती र वर्तमान अध्यक्ष डिल्लीराम मैनालीले टोस्ट प्रपोजल प्रस्तुत गरेका थिए । औपचारिक कार्यक्रमको संचालन रोटरी र रोट्रयाक्टका सचिवद्वय क्रमशः रामप्रसाद निरौला र कृष्टि खतिवडाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here