प्रादेशिक आयुर्वेद अस्पतालमा बालबालिकालाई स्वार्ण बिन्दु प्राशन

0
82

कमल ।

झापाको कमल गाउँपालिका ७ लखनपुर स्थित प्रादेशिक आयुर्वेद अस्पताल बालबालिकालाई स्वार्ण बिन्दु प्राशन गराईएको छ ।

प्रादेशिक आयुर्वेद अस्पतालले आज शुक्रवार बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि एवं सवाङ्गिण बिकासको सुनिश्चितताका गर्ने उद्येश्यले ६ महिना देखी ७ वर्ष सम्मका बालबालिकालाई स्वार्ण बिन्दु प्राशन गराईएकोे अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर सिद्धर्थ ठाकुरले जानकारी दिनुभयो ।

आयुर्वेदमा स्वार्ण बिन्दु प्राशन प्रत्येक महिनाको पुष्य नक्षत्रको दिनमा खुवाउनु भनिएकोले गत असार महिना बाट खुवाउन सुरु गरिएको हो । प्रत्येक पुष्यमा स्वार्ण लिऔं, शारीरिक बौद्धिक बल बढाऔं भन्ने उद्घोषका साथ अस्पतालमा भएको स्वार्ण बिन्दु प्राशन ६ महिना देखी ७ वर्ष सम्मका बालबालिकालाई लक्षित गरेर अस्पतालकै प्राङ्गणमा स्वार्ण बिन्दु प्राशन गराईएको मेसु ठाकुरले बताउनुभयो ।

स्वार्ण बिन्दु प्राशन किन खुवाउने

बालबालिकामा बढ्दो उमेरका क्रममा विभिन्न शारीरिक, मानसिक विकासका अनेक चरणहर घटीरहेका हुन्छन् , यो उमेरमा शारिरिक एवं मानसिक रुपमा कोमल हुने बालबालीकाहरकमा विभिन्न रोगहरुको संक्रमणको सम्भावना रहन्छ । यहि कारणले आयुर्वेदमा स्वार्ण बिन्दु प्राशनको महत्व दर्शाइएको छ ।

स्वार्ण बिन्दु प्राशन अन्तरगत स्वणर््ा भष्मलाई विभिन्न औषधीहरुमा मिसाएर घिउ र महको साथमा ६ महिना देखी ७ वर्ष उमेर समुहका बालबालिकाहरलाई दिईन्छ स्वार्ण बिन्दु प्राशन प्रत्यक महिना पुष्य नक्षत्रको दिनमा खुवाईन्छ ।

स्वार्ण बिन्दु प्राशनको फाईदा

रोगप्रतिरोधात्मक क्षमता वेद्धी , पाचन शक्ति बढाँउछ,समग्र स्वास्थ्य लाभ मानसिक रुपमा स्फुर्त, शारिरिक तथा मानसिक विकास प्रवर्धन गराउने भएकोले समेत हरेक बालबालिबालाई स्वार्ण बिन्दु प्राशन खुवाउनु पर्ने अस्पतालले जनाएको छ ।

यो समाचार तयार पार्दा सम्म ५ सय भन्दा बढी वालबालिकालाई स्वार्ण प्रासन गराईएको अस्पालले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here