
मेरो सम्झनाले एकदिन तिमीलाई रुवाउने छ
मेरो यादले तिमीलाई धेरै तड्पाउने छ
सधैँं मिलनको इच्छा गरेँ, आखिर विछोड भयो
घाम डुब्यो अब अँध्यारो रात छाउने छ
तिमीलाई सम्झिन्नँ भनी मैले कति कसम खाएँ
ढुकढुकीले यो मुटुमा हरपल तिम्रो याद सजाउने छ
मुटुको पानाको तिम्रो नाम आँशु बगाएँ मेटिएन
चिठ्ठीको पंक्तिले भावुक बनाई तिमीलाई रुवाउने छ
मलाई थाहा छ, मेरो लाश हेर्न तिमी आउने छैनौ
विश्वास छ, तिमी नआए नि तिम्रो आँशु आउने छ !



























