सुनसरी ।

सुनसरीको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले धरान–१५ का ३७ बर्षीय योजन राईले सञ्चालन गरेको ट्याटु हाउसबाट प्रतिवन्धित औषधी दुई हजार ७३ चक्की र ब्राउन सुगर ६८० मिलिग्राम सहित २७ बर्षीय दिपेन मगर, २१ बर्षीय जगत मगर, ३३ बर्षीय कृष्ण राई, ३२ बर्षीय सुरज कार्की, २४ बर्षीय सोमत राई र १९ बर्षीय असिम राईलाई पक्राउ गरेको छ ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका–४ बाट धनकुटा साँगुरीगढीका गाउँपालिका–२ का २० बर्षीय करण राईलाई चार ग्राम ७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी विराटनगरले जनाएको छ ।





























