सवारी दुर्घटनामा एक जनाको मृत्यु

0
83

कटारी ।

उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट इटहरीतर्फ गइरहेको ट्रक दुर्घटना हुँदा त्यसका चालक त्रियुगा नगरपालिका–४ बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा गम्भीर घाइते चालक विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएको थियो । उपचारका क्रममा उहाँको मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here