विमल दहाल, महमाई ।

नेपाल निजामती कर्मचारी संगठन ज़िल्ला कार्यसमिति इलामको आयोजना र माई नगर कमिटीको ब्यवस्थापनमा शहिद मनोज-झपेन्द्र-सुरेन्द्र स्मृती दिवसको अवसरमा एक दिने स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ।
माई नगरपालिका वडा नम्बर-७ महमाई स्वास्थ्य चौकीमा सम्पन्न नि:शुल्क स्वास्थ्य शिविर तथा शहिद सप्ताह समापन कार्यक्रम विविध कार्यक्रम गरी सम्पन्न भएको थियो।
शिविरमा १५९ जनाको आँखाका बिरामी तथा १६२ जना हाडजोर्नि, नशा र अन्य रोगीका बिरामीले सेवा लिएका थिए । शिविरलाई बिर्तामोड आँखा अस्पतालबाट ४ जना आँखा बिशेषज्ञले सेवा दिएको तथा माई नगरअस्पतालका डाक्टरहरु डा. अमृत पोख्रेल, डा. गौतम झा र डा. शम्भु खर्गा मगरले विशेषज्ञ सेवा दिनु भएको संगठनका माई नगर कमिटी अध्यक्ष पुष्कर कट्टेलले जानकारी दिनुभयो।
माईका स्वास्थ्य कर्मचारी र नगरपालिका कर्मचारीको बिशेष सहयोगमा सम्पन्न कार्यक्रममा संगठनका केन्द्र, प्रदेश र जिल्ला कमिटीका कर्मचारीहरु खोमबहादुर खालिङ राई, जेबी राई, गणेश अधिकारी, पारस न्यौपाने, गोकुल प्रसाद सन्जेल, खगेन्द्र खड्का, बसन्त शर्मा ढुङ्गाना, किरण कार्की, पुष्कर कट्टेल, विष्णु कट्टेल, अशोक कट्टेल, नेकपा एमाले माई नगर कमिटी अध्यक्ष मुखराज आङ्दम्बे लगायतको सहभागिता रहेको थियो।





























