देवीहाट व्यवसायी उप समिति संयोजकमा गुप्ता

0
192

झापा, सुरेश गुप्ताको संयोजकत्वमा बिर्तामोड उद्योग वाणिज्य संघले देवीहाट व्यवसायी उप समिति गठन गरेको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको व्यवसायीहरुको भेलाले गुप्ताको संयोजकत्वमा व्यवसायी उपसमिति गठन गरेको हो ।
गठित उपसमितिको सह संयोजकमा उर्मिला शाक्य, सचिवमा उमा शाह, सह सचिवमा कृष्णप्रसाद सुनार र कोषाध्यक्षमा शर्मिला अधिकारीलाई चयन गरेको छ ।
उपसमितिको सदस्यहरुमा तारा श्रेष्ठ, सुमन न्यौपाने, विकाश चौहान, दिपेश मानन्धर, रोशना लिम्बू, दिपचन्द शाह, वीर सिंह, दुर्गालाल श्रेष्ठ, रेखा शाह, गौरी मानन्धर, रोशन न्यौपाने, सागर गौतम, सरोज गुप्ता, र राधिका चम्लगाई रहेका छन् ।
त्यस्तै नरेश शाह, नारायण सुनार , द्वारिका अग्रवाल, सूर्य खतिवडा, अनुप अग्रवाल, नरेश महत्तो र पहलमान लोहरलाई सल्लाहकार समितिमा चयन गरेको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघका वाणिज्य सचिव राजकुमार शाहले स्वागत गरेको कार्यक्रमको संचालन महासचिव कुशल खतिवडाले गरेका थिए ।
बिर्तामोड उद्योग वाणिज्य संघले देवीहाट व्यवसायी उप समितिसहित आठ वटा उपसमिति गठन गरेको छ । राजु न्यौपाने नेतृत्वको समितिले पछिल्लो समय टोल टोलमा गएर व्यवसायीहरुलाई एकीकृत गर्दै व्यवसायी उप समिति गठन गर्ने अभियानलाई तीब्रता दिएको हो ।
गठिन देवीहाट व्यवसायी उप समितिलाई १५ थान डस्विन बितरण गरिएको थियो भने न्यौपाने नेतृत्वको बिर्तामोड उद्योग वाणिज्य संघको कार्यकाल अवधिभर सो समितिको पदावधि रहने गरी बैठक पुस्तिका उप समिति संयोजक गुप्तालाई प्रदान गरिएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here