लागूऔषधसहित दुई जना पक्राउ

0
75

सुनसरी ।

सुनसरीको धरान उपमहानगरपालिका १५ बाट लागूऔषध तथा नियन्त्रित औषधी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ३६ बर्षीय हेमबहादुर तामाङ र धनकुटा घर भई धरान उपमहानगरपालिका २६ बस्ने २८ बर्षीय मिलन थापा रहेका छन् ।

इलाका प्रहरी कार्यालय धरान र अस्थाई प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागूऔषध ट्रामोल २९१० क्याप्सुल र नियन्त्रित औषधी डिकोलिन २९५० ट्याब्लेट सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here