महिला आमन्त्रण फुटबल प्रतियोगिता असोज ३ देखि हुने

0
408

 

पोखरा,भदौ २० । नेपाल कप महिला आमन्त्रण फुटबल प्रतियोगिता आगामी असोज ३ देखि १० गतेसम्म पोखरा रङ्गशालामा हुने भएको छ ।

स्पोटर््स फर अल क्लब नेपाल, कास्की जिल्ला फुटबल सङ्घ र महिला फुटबल समितिको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितामा भारत र नेपालका गरी ११ टोलीको सहभागिता रहने क्लबद्वारा आज यहाँ आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइयो ।

छत्तिसौँ विश्व पर्यटन दिवसको अवसर पारेर आयोजना गर्न लागिएको उक्त प्रतियोगिता आठ दिनसम्म सञ्चालन हुनेछ भने कुल १० वटा खेल सञ्चालन गरिनेछ । प्रतियोगिताका विजेता टोलीले रु एक लाख र उपविजेता टोलीले रु ५० हजार र ट्रफी पाउनेछन् ।

महिला फुटबलको अन्तर्राष्ट्रिय क्षेत्रमा समेत विकास र विस्तार गर्ने उद्देश्यले आयोजित सो प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख खर्च लाग्ने अनुमान गरिएको क्लबका अध्यक्ष लोकबहादुर शाहीले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालनका लागि राधा गुरुङको संयोजकत्वमा ३१ सदस्यीय मूल आयोजक समितिसमेत गठन गरिएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here