झापा क्लस्टर प्याप्सनद्वारा तीन विषयमा अभिमुखीकरण सम्पन्न

0
141

झिलझिले, झापाको शिवशताक्षीस्थित वाटर किङ्गडम पार्कमा झापा क्लस्टर प्याप्सनको आयोजनामा सामाजिक सुरक्षा कोष, कर र आन्तरिक लेखा व्यवस्थापनसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रमका प्रमुख अतिथिको रूपमा शिवशताक्षी नगरपालिका–८ का वडा अध्यक्ष सन्तकुमार फेउदेन उपस्थित थिए । कार्यक्रममा उनले संक्षिप्त धारणा राख्दै शिक्षासँग सम्बन्धित यस्ता विषयगत कार्यक्रमहरू स्थानीय तहको पनि चासोको विषय भएको बताए ।
कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाका पूर्व उपाध्यक्ष दिपेन्द्र थापाले समेत आ–आफ्ना धारणा राख्दै निजी विद्यालयहरूले पारदर्शिता, उत्तरदायित्व र सामाजिक सुरक्षा प्रणालीको प्रभावकारी कार्यान्वयनमा नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सामाजिक सुरक्षा कोष विराटनगरका कार्यालय प्रमुख दीपकराज भट्ट र आन्तरिक राजस्व कार्यालय दमकका कर अधिकृत ज्ञानेन्द्र कुमार यादवले संयुक्त रूपमा प्रशिक्षण दिएका थिए । उनीहरूले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको संरचना, कार्यान्वयन प्रक्रिया, कर सम्बन्धी कानुनी प्रावधान तथा विद्यालयहरूको आन्तरिक लेखा व्यवस्थापन प्रणालीबारे सहभागीहरूलाई प्राविधिक रूपमा जानकारी गराएका थिए ।
कार्यक्रममा प्याव्सदनका कोशी प्रदेश सदस्य धु्रव गौतम, प्याव्सन झापाका सह सचिव विनोद सुब्बा, प्याप्सनका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो । यस्तै प्याव्सन हल्दीबारी गाउँपालिकाका प्याप्सन अध्यक्ष याम दङ्गाल, गौरीगञ्ज गाउँपालिकाका प्याप्सन अध्यक्ष धनप्रसाद राजबंशी, जिल्ला सदस्यहरू मोहन थापाको सहभागिता थियो । यस्तै पुर्व पालिका अध्यक्ष नितेश खरेल, श्याम राजबंशी, डम्बर रुचाल, रुद्र सिटौला, बदीराम राई, भक्त कार्की लगायतको सक्रिय सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here