कक्षा १२ को परिक्षामा बेहेरेश्वर माविका सतप्रतिशत विद्यार्थी उत्तीर्ण

0
63
भोजपुर, 
रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङमा रहेको बेहेरेश्वर माध्यमिक विद्यालय कक्षा १२ को परीक्षामा सतप्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ । परीक्षामा सामेल भएका सम्पूर्ण २१ विद्यार्थी नै पास भएको विद्यालयले जनाएको छ ।
परिक्षामा सामेल सम्पूर्ण विद्यार्थी पास गराएर बेहेरेश्वर माध्यमिक विद्यालय  कोशी प्रदेशमा पहिलो बनेको वडाध्यक्ष जगतबहादुर चौहानले जानकारी दिनुभयो ।
राष्ट्रिय परिक्षा बोर्डले सार्वजनिक गरेको नजिताअनुसार सतप्रशित विद्यार्थी उत्तीर्ण गराउनेमा कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये पहिलो बनेको उहाँको दाबी छ । सामुदायिकतर्फ कोशी प्रदेशमा यो विद्यालय प्रथम बनेको वडाध्यक्ष चौहानले बताउनुभयो ।
“बेहेरेश्वर मावि कक्षा १२ को नतिजामा कोशी प्रदेशमा प्रथम बनेको छ”, वडाध्यक्ष चौहानले भन्नुभयो, “शैक्षिक सुधारका क्षेत्रमा विभिन्न काम गरेसँगै विद्यालयलाई कोशी प्रदेशमा पहिलो बनाउन सफल भएका छौँ ।”
विसं २०७५ बाट कक्षा ११ र १२ सञ्चालन गरिएको विद्यालयमा चार वर्षसम्म वडाले बजेट विनियोजन गरेको वडाध्यक्ष चौहानले बताउनुभयो ।
यो विद्यालयमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समेत अध्ययन गरेको उहाँको भनाइ छ । विसं २०१९ मा पूर्व राष्ट्रपति भण्डारीका पिता रामबहादुर पाण्डेले प्राथमिक विद्यालयमा स्विकृत गराएको उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here