झापा । शिक्षासेवी गुरुभक्त न्यौपानेको ६६ वर्षको उमेरमा निधन भएको छ ।
कञ्चनजंघा अंग्रेजी आवासीय माध्यमिक विद्यालयका संस्थापक प्राचार्य न्यौपानेको आज निधन भएको हो । क्यान्सर रोगका कारण उनी केही समयदेखि अस्वस्थ रहेका थिए । बीएण्डसी अस्पतालमा भर्ना गरिएका न्यौपानेलाई विहीवार घर ल्याइएको थियो ।
विभिन्न शिक्षण संस्थामा अध्यापन गरेका न्यौपानेले शैक्षिक क्षेत्रमा ठूलो योगदान दिएका छन् ।
उनी दुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक र विराट ज्योति अंग्रेजी माविका संस्थापक प्रिन्सिपल रहेका थिए । उनले जिल्लाका विभिन्न विद्यालयमा छात्रवृतिका अक्षय कोष स्थापना गरिदिएका थिए ।






























