मेचीनगर। टिकटकमा मेचीनगरका मेयरको चरित्र हत्या गर्नेविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएको छ ।
सामाजिक सञ्जालमा फेक आइडी बनाएर मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको चरित्र हत्या गरिएको भन्दै साइबर ब्यूरोमा उजुरी गरिएको नगरप्रमुखको सचिवालयले जनाएको छ ।
नगरप्रमुख बुढाथोकीका स्वकीय सचिव आशिष पौडेलले विहीबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन् ।
टिकटकमा मिसन २०८४ इलेक्सन लगायत फेक नाम र प्रोफायल बनाएर नगरप्रमुख बुढाथोकीको नाम र फोटो दुरुपयोग गरी दुष्प्रचार गरिएको कारण आवश्यक कारवाहीका लागि साइवर ब्यूरोमा प्रक्रिया अघि बढाइसकिएको पौडेलको विज्ञप्तिमा उल्लेख छ ।
फेक आइडीबाट मालपोत, भन्सार, बस खरिद जस्ता असान्दर्भिक र नगरपालिकाको कार्य क्षेत्रभित्र नपर्ने कपोलकल्पित विषयलाई प्रस्तुत गरिएको भिडियो पूर्णतः गलत रहेको समेत विज्ञप्तिमा जानकारी गराइएको छ ।
फेक आइडी भएको व्यक्तिलाई सार्वजनिक रुपमा प्रस्तुत हुन विज्ञप्तिमा नगरप्रमुखको सचिवालयले चुनौति समेत दिएको छ ।
केही दिनयता टिकटक र फेसबुकमा त्यस्ता भिडियोहरु भाइरल भइरहेका छन् । मेचीनगर मात्र नभएर बिर्तामोड, दमक, उर्लाबारी, इनरुवा लगायतका पालिकाका नगरप्रमुखहरुलाई समेत लाञ्छना लगाएर भिडियो निर्माण गरेर टिकटकमा सार्वजनिक गरिएको छ ।