नागरिक सहायता कक्षको उद्घाटन

0
111

बिर्तामोड, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नयाँ निर्माण गरिएको नागरिक सहायता कक्षको आज एक संक्षिप्त कार्यक्रमबीच उद्घाटन गरिएको छ। नगर प्रमुख पवित्रा महतारा प्रसाईले शिला अनावरणसंगै रिबन काटेर उक्त कक्षको उद्घाटन गरिन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले जनताको सेवा गर्ने उद्देश्यले यो कक्ष निर्माण गर्न स्थानीय सरकारले सहयोग उपलब्ध गराएको उल्लेख बताइन् । उनले जनताको हितका लागि स्थानीय सरकार सधैं साथमा रहने बताउँदै, विधिको शासनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। साथै, नागरिकको सहजताको लागि योजना प्रस्तुत गरी कक्ष निर्माणमा जुटेकोमा कार्यालय प्रमुखप्रति धन्यवाद व्यक्त गरिन् ।

यस अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी निरीक्षक गणेश पौडेलले बिर्तामोड नगरपालिकाबाट प्राप्त ७ लाख ६० हजार बजेटमा सहायता कक्ष निर्माण गरिएको जानकारी दिए । सहायता कक्षको माईपोखरी निर्माण सेवाले ठेक्का लिएर निर्माण सम्पन्न गरेको हो ।

उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाई, वरिष्ठ योजना अधिकृत जय तिम्सिना, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक सन्तोष राई, मेची ट्रान्सपोर्ट एशोसिएसन झापाका सचिव पदम श्रेष्ठ, कोषाध्यक्ष निर्मलराज खत्री लगायतको उपस्थित थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here