कमल ।

झापाको कमल गाउँपालिका ३ स्थित लक्ष्मिनारायण भजन किर्तन मण्डलीले श्रीकृष्ण जन्माष्टमी, आठौं वार्षिक उत्सव तथा साधारणसभाको अवसरमा ज्येष्ठ अभिभवाकलाई सम्मान गरेको छ ।
श्रीकृष्ण जन्माष्टमी, आठौं वार्षिक उत्सवको अवसरमा मण्डलीले ८० वर्ष भन्दा माथिका १२ जना ज्येष्ठ अभिभावकलाई रामनामी र सम्मान पत्र द्वारा सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा गोविन्दप्रसाद बास्कोटा, गणेश श्रेष्ठ, सोना ग्याबु शेर्पा, नर्वदा भट्टराई, नैनाकला पौडेल, लिलामाया गौतम, मनकुमारी श्रेष्ठ, दाखाङडु शेर्पा, भक्तबहादुर श्रेष्ठ, चन्द्रबहादुर भट्टराई र झरिन्द्रप्रसाद भट्टराई लाई सम्मान गरिएको थियो ।
त्यसैैगरी भण्डलीले नियमित किर्तनमा हिड्ने ६० वर्ष भन्दा माथीका १२ जना सदस्यलाई समेत सम्मान गरेको छ । यसरी सम्मानित हुनहरुमा गणेश प्रसाद खनाल ,होमादेबी भट्टराई, चक बहादुर थापा, छबी कुमार निरौला, सिता भण्डारी, सरश्वता दंगाल, धन माया घिमिरे, सावित्रा कठेत डम्बर कुमारी दंगाल, कमला पौडेल रुद्र खड्का र मनमाया बास्कोटालाई रामनामी र सम्मान पत्र द्वरा सम्मान गरिएको हो ।

त्यसैगरी मण्डलीलाई विभिन्न समयमा आर्र्थीक लगायको क्षेत्रमा सहयोग गर्ने व्याक्तिलाई समेत सम्मान गरेको मण्डलीका सचिव भुवन भट्टराईले बताउनु भयो । हाम्रा संस्कार सस्कृती र धार्मिक महत्वका विषयमा युवा पुस्तालाई बुझाउन आवश्यक छ ।
पहिले दिनभरि काममा व्यस्त भएपछि बेलुका सबै परिवार एकै ठाउँमा बसेर बेद ,रुद्री रामायण, महाभारत स्वास्थानी ब्रतकथा जस्ता पुस्तक अध्यानय गर्ने गरिन्थ्यो । यस्ता पुस्तक अध्यायन गर्नाले गर्भवती महिलालाई आफ्ना गर्भमा रहेको बच्च शिक्षित बनोस भनेर पुस्तक अध्यायन गर्ने गरिएको कमल ३ का वडा अध्यक्ष अग्नि प्रसाद कोईरालाले बताउनुभयो ।

कार्यक्रममा निवर्तमान वडा अध्यक्ष नरप्रसाद दंगाल, पत्रकार उमानाथ भण्डारी लगायले शुभकामना मन्तव्य राख्नु भएको थियो । सहित टोल विकास सस्थाका अध्यक्ष मचिन्द्र लुङ्ग खिम्वा, केर्खा पब्लिक स्कुलका फाउण्डर प्रिन्सिपल त्रिलोचन गौतम, कमला मदन आश्रीत स्मृति माध्यमिक विध्यालयका प्रधानाध्यापक हिम प्रसाद दाहाल, पन्चकन्य जलदेबी मण्डलीका अध्यक्ष ज्ञानु थापा राधाकृष्ण भजन किर्तन मण्डलीका अध्यक्ष केशव भट्टराई लगायतको उपस्थिती रहेको थियो ।
मण्डलीका अध्यक्ष लोक नाथ भण्डारीले प्रस्तुत गरेको वार्षिक प्रगती प्रतिवेदन र सचिव भुवन भट्टराईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन छलफल र संसोधन सहित पारित गरिएको थियो । मण्डलीका अध्यक्ष लोक नाथ भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम मण्डलीका सल्लाकार समितीका संयोजक पंडित गंगाराम रिमालले सन्चालन गर्नु भएको थियो भने सहसचिव गंगाराम भट्टराईले स्वागत गर्नु भएको थियो ।






























