जन्मदिनमा प्रेस चौतारीका सदस्य राईद्वारा उपचार कोषलाई सहयोग

0
101

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाका सदस्य रविकिरण वान्तावा राईले उपचार कोषलाई सहयोग गरेका छन् ।
प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा राईले आज परेको जन्मदिनको अवसर पारेर नगद पाँच हजार रुपैयाँ सहयोग गरेका हुन् ।

प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारलाई सदस्य राईले सहयोग रकम हस्तान्तरण गरेका थिए । । राई बिर्तामोडस्थित सुर्योदय टेलिभिजन र रेडियो भिजनमा कार्यरत रहेका छन् ।
पत्रकारहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको कोषमा विभिन्न अवसर पारेर सहयोग गर्ने क्रम जारी रहेको छ । उपचार कोषलाई यो कार्यकालमा १५ लाख पुराउने योजना अनुसार काम भइरहेको कोषको संयोजक भीमा शिवाकोटीले जानकारी दिइन् । कोषमा ७ लाख रुपैयाँ पुगेको छ ।

कोषको व्याजबाट उपचारमा सहयोग गर्ने कार्यविधि रहेको शिवाकोटीले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here