साहित्यकार धनपति खनालको कविता संग्रह ‘सिर्जनाको आँकुरो’ प्रकाशन

0
104

बिर्तामोड, साहित्यकार धनपति खनालले दोस्रो कृति स्वरुप ‘सिर्जनाको आँकुरो’ कविता संग्रह प्रकाशन गरेका छन् ।
झापाको अर्जुनधारा निवासी अग्रज सहित्यकार तथा कवि खनालले ८० वर्षको उमेरमा कविता संग्रह प्रकाशनमा ल्याएका हुन् । कृतिको शनिवार आयोजित कार्यक्रमकाबीच विमोचन गरिएको छ ।


अर्जुनधारास्थित भागवत भक्ति आश्रम देवर्षी संस्कृत विद्यालयमा आयोजित कार्यक्रमकाबीच समालोचक विष्णुकुमार भट्टराई, प्राध्यापक केश वहादुर राई लगायतले कृतिको संयुक्त रुपमा विमोचन गरेका थिए । अर्पण वहादुर खड्काले प्रकाशन गरेको कृतिमाथि परिचर्चा प्राध्यापक केश वहादुर राईले गरेका थिए । खड्का प्रकाशन खनालका ज्वाइँ तथा कतारका पुष्प व्यवसायी हुन् ।

खनालको कवितासंग्रह सिर्जनाको आँकुरो मा ४२ वटा कविता संग्रहित रहेका छन् ।
खनालको यसअघि बेला बेलाको तरंग कृति प्रकाशन भएको छ । ८० वर्षको उमेरमा पनि सक्रिय रुपमा साहित्यमा कलम चलाउँदै आएका खनाल बाहुनडाँगीका पुराना बासिन्दा हुन् ।

खनालकी बुहारी सीता दाहाल खनालले स्वागत गरेको कार्यक्रममा प्रकाशक खड्का प्रकाशकीय भूमिकाबारे जानकारी गराएका थिए भने सञ्चालन विनोद खनालले गरेका थिए ।

कार्यक्रममा हरिप्रसाद न्यौपाने, शान्तिराम मिश्र लगायतले शुभकामना मन्तव्य राखेका थिए । कृति विमोचन कार्यक्रममा कमल प्रसाद दाहाल मुक्तिनाथ ओझा, गंगा सेढाई, योगेन्द्र खतिवडा लागयतले कविता बाचन गरेका थिए । ख्यामचन्द्र बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा साहित्कारहरुको उल्लेख्य उपस्थिति रहेको थियो भने भागवत भक्ति आश्रम देवर्षी संस्कृत विद्यालयका विद्यार्थीले स्वक्रि बाचन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here