विमल दहाल, माई ।

राष्ट्रिय युवा संघ नेपाल माई नगर कमिटीको दोस्रो अधिवेशनवाट दिलकुमार लिम्बू(कुमार)को अध्यक्षतामा २३ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न भएको छ।
सचिव पदमा वाहेक सर्वसम्मत गठित समितिको उपाध्यक्षमा सौगन थुलुङ राई, सहसचिव द्वय बुद्धकुमार लिम्बू, लिला विश्वकर्मा र कोषाध्यक्ष उमा बस्नेत सर्वसम्मत चयन हुनु भएको छ। सचिव पदमा भने बुद्धराज लिम्बू, सेसेहाङ लिम्बू बीच प्रतिस्पर्धा भएपछि ३६ मतका साथ बुद्धराज लिम्बू निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी सेसेहाङले ९ मत प्राप्त गर्दा बदर मत ३ रहेको थियो। माई नगर भित्रका ५० जना प्रतिनिधि सहभागिता रहेको अधिवेशनमा ४८ मत खसेको थियो।
अधिवेशनवाट सदस्यहरुमा हेमराज राई, कान्छुहाङ फागो, सुनिता राई, कैलाश राई सुमन राई, सुकदेव चाम्लिङ राई, सुरज खड्का, विनोद सुब्बा पारधारी, कमला पाँचकोटी चयन हुनु भएको छ। त्यस्तै झलनाथ गिरी, नविन गजमेर, हर्क वहादुर लिम्बू, पारु सुब्बा, दावा शेर्पा, मनु तामाङ, देविमाया राई, नरेन्द्र राई र सुजता राई सर्बसम्मत निर्वाचित हुनुभएको छ।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य एवम इलाम इन्चार्ज नरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्य र नेकपा एमाले केन्द्रीय सदस्य एवम कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम वहादुर रानाको विशेष आथित्यमा सम्पन्न कार्यक्रममा केन्द्र, जिल्ला र पालिका स्तरका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

“न्याय प्रेमी युवाहरु राष्ट्रिय युवा संघमा, समाजिक परिवर्तन युवाको काँधमा” भन्ने नाराका साथ सुखानी अध्ययन केन्द्र माई(४ को सभाहलमा सम्पन्न अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य खम्बा सिहं लिम्बू , नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम माई नगरपालिका निवर्तमान प्रमुख दिपक कुमार थेवे, राष्ट्रिय युवा संघ नेपाल इलाम अध्यक्ष मोहन दोर्जे तामाङ, राष्ट्रिय युवा संघ नेपाल इलाम इन्चार्ज अरुण वराल, नेकपा एमाले माई नगर कमिटी अध्यक्ष मुखराज आङ्देम्बे लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।
युवा संघ नेपालका दिपक निरौलाले स्वागत गर्नु भएको अधिवेशन उद्घाटन कार्यक्रमको अध्यक्षता अध्यक्ष दिलकुमार लिम्बू (कुमार)ले गर्नु भएको थियो।

























