झापा ।

नेपालको अग्रणी मोबाइल कम्पनी सामसङले यस दशैंलाई अझ रमाइलो बनाउन नयाँ उपभोक्ता अफर ‘दिन दिनै दशैं’ ल्याएको छ ।
यो अफर १ सेप्टेम्बरदेखि २८ सेप्टेम्बर २०२५ सम्म मान्य हुनेछ । यस अवधिमा नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेट खरिद गर्ने ग्राहकले दैनिक उपहार जित्ने अवसर पाउनेछन्, जसले चाडपर्वको उत्सवलाई अझ विशेष बनाउनेछ ।
यो अफरमा सहभागी हुनका लागि ग्राहकले आफ्नो नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेटको सिरियल नम्बर टाइप गरी Samsung <space> Serial No. लेखेर ३५००१ मा SMS पठाउनुपर्नेछ ।
प्रत्येक दिन एक भाग्यशाली विजेताले भाटभटेनी सपिङ भौचर एक लाख रुपैयाँ पाउनेछन् भने अन्य १० जना विजेताले १० हजार रुपैयाँको सपिङ भौचर प्राप्त गर्नेछन् । यसरी अफर अवधिभर दैनिक ११ जना विजेताले उपहार जित्ने अवसर पाउनेछन् ।
उक्त सपिङ भौचरहरूलाई दैनिक उपभोग्य सामानदेखि चाडपर्व तयारीसम्म जुनसुकै प्रयोजनमा प्रयोग गर्न सकिने भएकाले अफर उपयोगी र उत्साहजनक बनेको छ ।
एम एक्स सामसङ नेपालका निर्देशक, प्रणयरत्न स्थापितका अनुसार ‘दिन दिनै दशैं’ मार्फत सामसङले हरेक चाडपर्वमा आफ्ना ग्राहकलाई अमूल्य अनुभव दिने प्रतिबद्धतालाई निरन्तरता दिएको छ । यो अफरले दशैंको महत्वलाई आत्मासाथ गर्नुका साथै सामसङको प्रयोगकर्ताको जीवनलाई अझ समृद्ध बनाउन योगदान पु¥याउनेछ ।
ग्राहकले ८३०६३ डायल गरेर सजिलै सिरियल नम्बर पत्ता लगाउन सक्छन् । एसएमएस पठाएपछि तुरुन्तै दर्ता भएको सन्देश प्राप्त हुनेछ । विजेताको सिरियल नम्बर घोषणा www.facebook.com/smartplazanepal and www.facebook.com/IMS/NP मा गरिनेछ । यो अफर सामसङका आधिकारिक विक्रेता र ईकमर्स प्लेटफर्म मार्फत नेपालभर उपलब्ध छ ।
यस अभियान मार्फत सामसङले आफ्ना ग्राहकलाई हरेक चाडपर्वमा अमूल्य अनुभव दिलाउने परम्परा निरन्तरता दिएको छ ।






























