शिवसताक्षीमा सहायक योग प्रशिक्षक तालिम शुरु

0
72

झापा ।

पतञ्जलि योग झापाले शिवसताक्षी नगरपालिकामा सहायक योग प्रशिक्षक तालिम सुरु गरेको छ । शनिबार शिवसताक्षी–८ का वडा अध्यक्ष सन्तकुमार फेउदिनले पानसमा दीप प्रज्वलन गरेर भव्य शिविरको उद्घाटन गरे । उद्घाटन समारोहमा वडा–७ का अध्यक्ष भवानी विक्रम चेम्जोङको पनि सहभागी थियो । उनि पनि योग कक्षाका प्रशिक्षार्थी हुन् ।

१५ दिनसम्म सञ्चालन हुने उक्त तालिमबाट शिवसताक्षी–८, ७ र ६ का करिब ८० जना प्रशिक्षार्थीहरूले सहायक योग प्रशिक्षक हुने अवसर पाउने पतञ्जलि योग झापाले जनाएको छ । वडा–८ का यो प्रशिक्षार्थीका लागि झिलझिले माध्यमिक विद्यालयको सभा हल र वडा–६ तथा ७ का लागि लालझोडाको भानु माध्यमिक विद्यालयको प्राङ्गणमा तालिम सञ्चालन हुने स्थानिय समन्वय समितिका संयोजक समेत रहेका पतञ्जली योग समिति शिवसताक्षीका मोहन निरौलाले जानकारी दिए ।

उद्घाटन समारोहमा वडा कार्यक्रमका प्रमुख अतिथी सन्तकुमार फेउदिन र भवानी विक्रम चेम्जोङ्गले तालिम सफलताको शुभकामना व्यक्त गर्दै पतञ्जली योग शिवसताक्षीको स्थानिय वडा समितिलाई चालु आर्थिक वर्षबाट बजेट विनियोजन गरि आर्थिक सहयोग गर्ने बताए ।

योजना रहेको बताउनुभयो। उहाँहरूले योग कार्यक्रमलाई आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाउँदै नगरवासीलाई योग अभ्यासमा सहभागी हुन आग्रह गर्नुभयो। कार्यक्रममा छिमेकी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष उदय प्रकाश राइ, नेपाली कांग्रेसका नेता परशुराम ढुङ्गानाज्यू, पतञ्जलि योग झापाका अध्यक्ष देवीप्रसाद घिमिरेज्यू, महिला कमिटी झापाकी अध्यक्ष श्रीमती प्रेमकला निरौला, संगठन विभाग प्रमुख तथा सचिव कृष्णप्रसाद ओझा लगायतले योगका महत्वबारे आफ्ना विचार व्यक्त गरे । उनिहरुले नियमित योग अभ्यासले स्वास्थ्यमा सुधार ल्याउन, औषधि खर्च घटाउन र जीवनस्तर उकास्न मद्दत गर्ने बताए ।

योग शरीर, मन र आत्माको सन्तुलन मिलाउने प्राचीन जीवनशैली हो। यसमा शारीरिक व्यायाम, श्वासप्रश्वास नियन्त्रण, ध्यान र अनुशासनको अभ्यास गरिन्छ । नियमित योग अभ्यासले मधुमेह, रक्तचाप, मोटोपन, मानसिक तनाव, अनिद्रा जस्ता समस्यामा सुधार ल्याउन सक्ने चिकित्सकहरूले बताउने गरेका छन् । यस्तै चिकित्सकले योगका कारण शरिरमा स्फुर्तीआई काम गर्ने क्षमता बढाउने, दिर्घरोगको औषधि खर्च कम गर्ने र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने गर्दछ ।

झापामा हाल करिब १० हजारभन्दा बढी जिल्लावासीले नियमित रूपमा योग गर्दै आएको पतञ्जली योग झापाले जनाएको छ । कार्यक्रमको सञ्चालन पतञ्जलि योग झापाका महासचिवरुद्र ओलीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here