अर्जुनधारा नगरपालिकाद्वारा खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई सम्मान

0
66
अर्जुनधारा ।
गत वर्ष सम्पन्न भएको १५औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८१का पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई झापाको अर्जुनधारा नगरपालिकाले सोमबार सम्मान गरेको छ ।
अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षता र नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उनीहरुलाई नगद पुरस्कारसहित सम्मानित गरिएको हो ।
यसरी सम्मानित हुनेहरुमा १५ वटा स्वर्ण पदक, १२ वटा रजत पदक र १२ वटा कास्य पदक प्राप्त गर्ने खेलाडीहरु, १५ जना प्रशिक्षक र ५७ जना अफिसियल रहेको प्रतियोगिता सञ्चालन समितिकी सदस्य सचिव निर्मला पोखरेलले जानकारी दिइन् ।
यस अघि दुई पटक प्रतियोगिताको उपाधि जितेको अर्जुनधारा नगरपालिकाले गत वर्ष पनि उपाधि जितेसँगै प्रतियोगिताको शिल्ड फिर्ता नहुने गरी सुरक्षित गरेको छ । गत माघ १२ गतेदेखि फागुन २५ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको विविध गतिविधि बारे समितिकी सदस्य सचिव पोखरेलले कार्यक्रममा जानकारी गराएकी थिइन् ।
कार्यक्रममा नगर उपप्रमुख खड्गमाया पराजुली, नगर कार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक कौशिलाल परियार, कार्यपालिका सदस्यद्व चन्द्रमाया तामाङ र चन्द्रकुमारी तामाङ, नगर शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख हरिबहादुर कवर, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेका स्वकीय सचिव केशवराज ढुंगेल, समितिका सल्लाहकार सदस्य वीरबहादुर राईलगायतको आतिथ्यता रहेको थियो ।
अर्जुनधारा नगर खेलकुद विकास समितिका सदस्य तिलक योञ्जनले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सदस्य सचिव खगेन्द्र लिङदेनले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here