बुट्टाबारी । 
बिर्तामोड–६ बुट्टाबारीमा रहेको हरियाली सामुदायिक बन उपभोक्ता समूहको १७औ साधारण सभा सम्पन्न भएको छ ।
अध्यक्ष जगतकुमार राईको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि समाजसेवी, राजनीतिकर्मी लोकबन्धु कन्दङ्वाले उद्घाटन गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि बिर्तामोड–६का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले बिर्तामोड नगरपालिकाको गौरवको रुपमा रहेको वन परिसरमा निर्मित नौकाबिहार, सभाहल, स्तरीय फुटबल ग्राउन्डलाई आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनाउन बिर्तामोड नगरपालिका र ६ नं. वडा यथासक्य सहयोग गर्न तत्पर रहेको बताए ।
सभामा जिल्ला वन महासंघ अध्यक्ष वेदप्रकाश भण्डारी, रामकुमार कन्दङ्वा, तेजबहादुर कन्दङ्वा, विष्णुप्रसाद पोख्रेल , बिर्तामोड– ६का वडा सदस्य जीवन बाँस्कोट, पूर्वजनप्रतिनिधि पवित्रा कोइराला ढुंगाना, श्रीप्रसाद पाङेहाङ, गणेशकुमार कन्दङ्वा, केदार खतिवडा लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा वन शहीद पत्नी, चन्द्रसुबी राई र उत्कृष्ट कार्य सम्पादन गर्ने कार्य समिति सदस्य दुर्गा सुवेदीलाई सम्मान गरिएको थियो । समूहको आगामी कार्य योजनासहितको प्रतिबेदन सचिव कृष्णमाया चौधरीले आयव्यय बिबरण कोषाध्यक्ष दुर्गा सुवेदी र लेखा परीक्षण प्रतिवेदन संयोजक पोख्रेलले प्रस्तुत गरेका थिए । वन समूहका उपाध्यक्ष मनिकुमार भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यालय सचिव धनश्री राईले गरेकी थिइन् ।































